Rumpum Advertisement

बिहार विधानसभा चुनावमा नीतिश भर्सेज तेजस्वी, फर्किएला लालु यादवको विरासत ?

Neuro Revised Adv
Koshi Dashain ad
बिहार विधानसभा चुनावमा नीतिश भर्सेज तेजस्वी, फर्किएला लालु यादवको विरासत ?

विराटनगर, ३० असोज । विहारमा विधानसभा निर्वाचनको मिति घोषणा भएसँगै राजनीतिक सरगर्मी बढेको छ । नेपालका पूर्वी र मध्य तराईसँग जोडिएको बिहारमा कोरोना महामारीकाबीच दलहरू चुनावी अभियानमा केन्द्रित भएका छन् ।

चुनावी मिति नजिकिँदै गर्दा आगामी नेतृत्वको दाबेदार दुई ठूला गठबन्धन छन् । एनडीए गठबन्धन र महागठबन्धन चुनावी मैदानमा छन् । दुवै गठबन्धनको बिहारमा प्रभाव छ ।

राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन (एनडीए) को तर्फबाट जनता दल युनाइटेडका नेता वर्तमान मुख्यमन्त्री पुनः मुख्यमन्त्री पदको दाबेदार छन् ।

आरजेडी नेतृत्वको महागठबन्धनको तर्फबाट राष्ट्रिय जनता दलका नेता तेजस्वी यादव मुख्यमन्त्रीका दाबेदार छन् । तेजस्वी बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवका छोरा हुन् । लालुका छोरा मुख्यमन्त्रीको दाबेदार भएका कारण बिहारमा लालुको विरासत फर्कन्छ कि नितिश कुमार दोहोरिन्छन् भन्दै चासोका साथ हेरिएको छ ।

एबीपी न्युजले गरेको सर्वेक्षणअनुसार बिहारमा पुनः नीतीश कुमारको नेतृत्वमा सरकार बन्नसक्ने आँकलन गरिएको छ ।

सर्वेक्षणको विवरणअनुसार, मुख्यमन्त्री नितिश कुमारको कामसँग ५७ प्रतिशत जनताहरू खुशी नभएको देखिएको छ । तर एनडीए गठबन्धनबाट चुनावमा लडेका कारण विधानसभा चुनावमा नितिशकै पल्ला भारी रहेको सर्वेक्षणको निष्कर्ष छ । सर्वेअनुसार, बीजेपी, जेडीयू, हम र एलजेपीको (एनडिए) गठबन्धनले बिहार विधानसभामा बहुमत प्राप्त गर्ने प्रक्षेपण गरिएको छ ।

सर्वेक्षणअनुसार, १४१–१६१ सम्म एनडीए गठबन्धनले सिट जित्न सक्नेछ । त्यसरी आरजेडी महागठबन्धनले ६४–८४ सिट जित्न सक्ने सर्वेक्षणको अनुमान छ । १३ देखि २३ सिट अन्य साना दलहरूले जित्नसक्ने पूर्वअनुमान गरिएको छ ।

कोरोनाले भर्चुअल चुनावी अभियान

कोरोना कहरको कारणले बिहारमा चुनावी चहलपहल विगतको जस्तो छैन । ठूला–ठूला र्‍याली र सभा गर्नको लागि सहज छैन । कोरोनाा कारण बिहारमा चुनावी प्रचारप्रसार शैली परिवर्तन भएको छ ।

साना दल तथा गठबन्धनहरूले सामाजिक सञ्जाल र भर्चुअल र्‍यालीको सहारा लिइरहेका छन् । उनीहरूले भर्चुअल माध्यमबाट नै आफ्ना कुराहरू कार्यकर्तामाझ पुर्‍याउने प्रयास गरिरहेका छन् ।

मुख्यमन्त्री नीतीश कुमारले भर्चुअल माध्यमवाट चुनावी प्रचारप्रसार अभियान सुरुआत गरेका छन् । भाषणको क्रममा आफूहरूले गरेको काम र अब बन्ने सरकारले गर्ने कामको बारेमा चर्चा गरेका छन् ।

मुख्यमन्त्री नीतीश कुमारको राजनीतिक अनुभव अगाडि विपक्षी नेता तेजस्वी यादवको तुलना गर्न थालिएको छ ।

एनडिए समर्थकले नीतीश कुमारको तुलनामा विपक्षी नेता कमजोर भएको दाबी गर्छन् । तर तेजस्वी यादव युवा नेता भएका कारण युवा वर्गको मत तान्नसक्ने अड्कलबाजी भइरहेका छन् । जेजस्वी लालु यादवका उत्तारधिकारी हुन् । विभिन्न मुद्दामा दोषी देखिएका लालु यादव जेलमा छन् । बिहारको पूर्वडेपुटी मुख्यमन्त्रीसमेत रहेका तेजस्वीको गठबन्धनले बहुमत प्राप्त गरे बिहारमा लालुप्रसाद यादवको पुनरागमन हुने विश्लेषण पनि गरिँदै आएको छ ।

बिहारको चुनाव आयोगका अनुसार बिहारमा २०–२९ वर्ष उमेरको मतदाता संख्या १ करोड ६० लाख रहेको छ । १८ देखि १९ वर्षको ७ लाख १४ हजार मतदाता रहेका छन् भने ३०–३९ उमेरको मतदाता संख्या ९८ लाखभन्दा बढी रहेको छ । १८ देखि ३९ वर्ष उमेर समूहको मत तेजस्वीले प्राप्त गर्ने सम्भावना छ ।

बिहार विधानसभामा २४३ सिट छन् । जसका लागि तीन चरणमा मतदान हुँदैछ । ७१ सिटका लागि २८ अक्टोबर, ९४ सिटका लागि ३ नोभेम्बर र बाँकी रहेका ७८ सिटका लागि ७ नोभेम्बरमा मतदान हुँदैछ । चुनावको नतिजा भने १० नोभेम्बर २०२० मा सार्वजनिक गरिनेछ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ