Rumpum Advertisement

सुनसरीमा दसैं लक्षित निषेधाज्ञा

Neuro Revised Adv
Koshi Dashain ad
सुनसरीमा दसैं लक्षित निषेधाज्ञा

विराटनगर, ३० असोज । सुनसरीमा दसैं लक्षित निषेधाज्ञा जारी गरिएको छ ।

नजिकिँदाे दसैंमा कोरोना संक्रमणको जोखिम थप बढ्ने भएका कारण सुनसरी जिल्लाभरि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले शुक्रबार विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।

स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० बमोजिम आजबाट निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले जानकारी दिएका छन् ।

शक्तिपीठ तथा मन्दिरमा सामूहिक पूजा नगर्न, सामूहिक रूपमा भजन–कीर्तन नगर्न, मेला–जात्रा नगर्न, सभा सम्मेलन नगर्न र सामूहिक रूपमा भेला भएर कुनै पनि कार्य नगर्न उनले आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ