Rumpum Advertisement

लकडाउनको बेलामा पनि मासिक शुल्क बढाएको भन्दै अभिभावक आन्दोलित

Neuro Revised Adv
Koshi Dashain ad
लकडाउनको बेलामा पनि मासिक शुल्क बढाएको भन्दै अभिभावक आन्दोलित

काठमाडाैं, ३० असाेज । काठमाडौंको बुद्धनगरस्थित काठमाडौं मोडल स्कुलले लकडाउनको अवस्थामा पनि मासिक शुल्क बढाएर लिएको भन्दै अभिभावकहरुले विद्यालय घेराउ गरेका छन् ।

अभिभावकहरूले कोभिड १९ का कारण पठनपाठन बन्द भएको अवस्थामा पनि बढी शुल्क लिएको भन्दै शुक्रबार बिहान विद्यालय घेराउ गरेका हुन् ।

महामारीको अवस्थामा विद्यालय पनि बाँच्नुपर्ने र अभिभावक पनि सहज अवस्थामा रहनु पर्नेगरी अनलाइन कक्षाको शुल्क निर्धारण गर्न आफूहरूले पटकपटक आग्रह गर्दासमेत सुनुवाइ नभएको अभिभावकहरूले बताएका छन् ।

अभिभावकहरूले वार्षिक शुल्क तिर्न नसक्ने, अनलाइन शिक्षाको छुट्टै शुल्क निर्धारण हुनुपर्ने र विद्यालयमा अभिभावकको प्रतिनिधि हुनुपर्ने माग गरेका छन् ।

उनीहरूले कोभिडको अवस्थामा अनलाइन शिक्षाको शुल्क निर्धारण गरी लिनुपर्ने ठाउँमा मासिक शुल्कमै ५ सय रुपैयाँ बढाएर लिएको बताएका छन् ।

नेपाल अभिभावक महासंघका संयोजक शुप्रभात भण्डारी ले सरकारले अनलाइन शिक्षाको शुल्क निर्धारण नगरिदिँदा विद्यालयहरूले आफूखुशी उठाउने गरेको बताए ।

अभिभावकहरूको पेशा, रोजगारी गुमेको अवस्थामा सरकारले सहयोग गर्नुपर्ने ठाउँमा द्वन्द्व सिर्जना गरेको बताए ।

सरकारले निजी लगानीका संस्थागत विद्यालयमा अनलाइन शिक्षाको शुल्क निर्धारणको जिम्मा स्थानीय तहलाई दिएको थियो ।

असोज दोस्रो साताभित्र शुल्क निर्धारण गरी कार्यान्वयनमा ल्याउनुपर्ने व्यवस्था गरिएपनि अहिलेसम्म अधिकांश स्थानीय सरकारले शुल्क निर्धारण गर्न सकेका छैनन् ।

जसको फाइदा उठाउँदै केही विद्यालयहरुले आफूखुशी शुल्क निर्धारण गर्न थालेका छन् । यससँगै अधिकांश विद्यालयहरूमा अभिभावक र निजी विद्यालयका सञ्चालकहरूबीच विवाद बढेको देखिन्छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ