Rumpum Advertisement

कुनैपनि प्रकारको दवाव र प्रभावमा नपर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

Neuro Revised Adv
Koshi Dashain ad
कुनैपनि प्रकारको दवाव र प्रभावमा नपर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, ३० असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरीलाई कुनैपनि दवाव र प्रभावमा नपर्न निर्देशन दिएका छन् ।

शुक्रबार नेपाल प्रहरीको ६५औं स्थापना दिवसमा सम्बोधन गर्दै ओलीले समाजमा हुने आपराधिक क्रियाकलाप रोक्न प्रहरीले कुनैपनि प्रकारको दवाव र प्रभावमा पर्न नहुने स्पष्ट पारे ।

देश र जनताको शान्ति–सुरक्षा र अमनचैनका लागि अहोरात्र खटिरहने प्रहरी संगठनको उच्च प्रशंसा गर्दै उनले समाजमा अराजकता तथा वितण्डा मच्चाउन खोज्ने तत्वप्रति सधैं चनाखो भई कडा कानूनी कारवाहीको दायरामा ल्याउन प्रहरीको सक्रियता आवश्यक रहेको बताए ।

बलात्कार र हिंसा जस्ता जघन्य अपराध समाजका लागि क्षम्य नहुने प्रष्ट पार्दै प्रधानमन्त्री ओलीले त्यसको नियन्त्रणका लागि सरकारले कानून ल्याएको जानकारी पनि दिए ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ