Rumpum Advertisement

कोरोनाको कारण क्षयरोगबाट मृत्यु हुनेको संख्या बढ्ने डब्ल्यूएचओको चिन्ता

Neuro Revised Adv
Koshi Dashain ad
कोरोनाको कारण क्षयरोगबाट मृत्यु हुनेको संख्या बढ्ने डब्ल्यूएचओको चिन्ता

विराटनगर, २९ असोज । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले आउँदो वर्षहरूमा क्षयरोगबाट मृत्यु हुनेको संख्या बढ्न सक्ने चेतावनी दिएको छ ।

कोरोना भाइरसको महामारीकका कारण आएको अवरोध र विश्वव्यापी रोगसँग लड्नका लागी चाहिने कोषको कमीको परिणामस्वरूप आगामी वर्ष क्षयरोगबाट मृत्यु हुनेको संख्या बढ्न सक्ने बताइएको हो । डब्ल्यूएचओका अनुसार विश्वका धेरै देशले कोरोना नियन्त्रणको लागि लकडाउन गरिएको कारण सन् २०२० मा क्षयरोगका बिरामीको पहिचान र निरीक्षणको संख्यामा उल्लेख्य कमी आएको हो ।

विशेषगरी भारत, इन्डोनेसिया र फिलिपिन्समा सन् २०२० को जुनसम्म पहिचान गरिएका क्षयरोगका बिरामीको संख्या अघिल्लो वर्षको तुलनामा २५ देखि ३० प्रतिशत कम देखिएको छ । यि तिन देश विश्वमा कोरोना भाइरसको उच्च संक्रमण भएको देश पनि हो । क्षयरोगका बिरामीको संख्यामा आएको कमिले नै यसले निम्त्याउने मृत्युमा नाटकीय रुपमा वृद्धि गर्न सक्ने डब्लुएडओको मोडलले देखाएको छ ।

सन् २०१८ देखि २०१९ बीच अनुमानित १ करोड ४० लाख मानिसको टिबीको उपचार गरिएको थियो । २०२२ सम्ममा उपचार गर्ने आशा गरेका ४ करोड मध्ये उक्त संख्याले एक तिहाइ मात्र प्रतिनिधित्व गर्छन् । डब्ल्यूएचओका अनुसार २०१५ देखि २०१९ बीचमा क्षयरोगका बिरामीको संख्यामा १४ प्रतिशतले कमि ल्याएको थियो । तर, यस अवधिमा २०१९मा १४ लाख बढी मानिसले क्षयरोगका कारण ज्यान गुमाएका थिए ।

अब कोरोना भाइरस महामारीले टिबी बिरूद्ध लडाईमा बाधा पु¥याइरहेको छ । क्षयरोगलाई सबैभन्दा घातक संक्रामक रोग मानिन्छ । व्याकटेरिकाका कारण लाग्ने रोगले फोक्सोमा असर गर्नुका साथै सजिलै अर्को मानिसमा सर्न सक्छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ