Rumpum Advertisement

भारतमा आजदेखि सिनेमा हल सञ्चालन

Neuro Revised Adv
Koshi Dashain ad
भारतमा आजदेखि सिनेमा हल सञ्चालन

विराटनगर, २९ असोज । कोरोना भाइरस महामारीका बीच भारतमा आजदेखि सिनेमा हल सञ्चालनमा आएका छन् ।

कोरोना संक्रमण फैलिएसँगै भारतमा मार्चदेखि सिनेमा हल बन्द गरिएको थियो । भारत सरकारले गत सेप्टेम्बरमै १५ अक्टोबरदेखि हल सञ्चालन गर्न अनुमति दिएसँगै सात महिनापछि सिनेमा हल सञ्चालनमा आएको हो । भारतीय मिडियाले जनाएअनुसार दिल्ली, हरियाणा, उत्तर प्रदेश, पश्चिम बंगाल, मध्यप्रदेश, गुजरात, आन्ध्र प्रदेश र कर्नाटकलगायतका केही राज्यमा हल सञ्चालनमा आएका छन् ।

निर्देशन जारी नगरेका कारण महाराष्ट्र, तेलंगाना, तमिलनाडु, केरला र छत्तीसगढ़ जस्ता राज्यहरूमा थिएटर र मल्टिप्लेक्स बन्द रहने छन् । ५० प्रतिशत दर्शक, निश्चित शो समय, सामाजिक दुरी, थर्मल स्क्रिनिङ, कर्मचारीहरूका लागि पर्याप्त सुरक्षा सामग्री र कन्ट्याक्ट ट्रेसिङका लागि अनिवार्य फोन नम्बर प्रदान गर्नुपर्ने मापदण्ड बनाइएको छ ।

खाना र पेयपदार्थ ग्राहकलाई हस्तान्तरण गर्नुअघि आठ मिनेटको लागि युभी किरणअन्तर्गत स्टेरेलाइज्ड गरिने छ । यस हप्ता सिनेमा हलमा नयाँ फिल्मको साटो केही पुराना फिल्महरू रिलिज हुनेछन् । छिछोरे, केदारनाथ, तन्हाजी, शुभमंगल, ज्यादा सावधान, मलंग, वार र थप्पड एकपटक फेरि हलमा रिलिज हुन लागेका हुन् ।