Rumpum Advertisement

१५ करोडको संरचना डेढ वर्षयता प्रयोगविहीन, प्रदेशले सञ्चालन गर्न सकेन कटहरीको तरकारी बजार

Neuro Revised Adv
Koshi Dashain ad
१५ करोडको संरचना डेढ वर्षयता प्रयोगविहीन, प्रदेशले सञ्चालन गर्न सकेन कटहरीको तरकारी बजार

विराटनगर, २९ असोज । २०७५ चैत ३ गते मोरङको कटहरीमा निर्मित आधुनिक तरकारी तथा फलफूल बजारको चाबी प्रदेश सरकारलाई हस्तान्त्रण गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए, ‘प्रदेश सरकारले चाँडै तरकारी बजार सञ्चालनमा आउनेछ ।’

प्रधानमन्त्रीले चाँडै सञ्चालनमा आउने भन्दै मुख्यमन्त्री शेरधन राईलाई साँचो हस्तान्तरण गरेको १९ महिना भयो । तर अझै बजार सञ्चालन आउने टुंगो छैन ।

१५ करोडको लागतमा निर्माण भएको संरचना १९ महिनायता प्रयोगविहीन छ । विराटनगर गुद्रीका व्यापारीलाई लक्षित गरी निर्माण गरिएको बजारमा व्यापारी जान नमानेपछि प्रयोगविहीन भएको हो ।

विराटनगर गुद्रीका व्यापारीले भने छ महिनाको अन्तरमा छुट्टै तरकारी बजार निर्माण गरी सञ्चालन गरिरहेका छन् ।

५ बिगाहा २ धुर क्षेत्रफलमा निर्माण गरिएको बजार सञ्चालनका लागि प्रदेश सरकारले पटक–पटक प्रयास गरेको थियो । तर सरकारको प्रयास सफल भएन । विज्ञापन आह्वान गर्दा व्यापारीले चासो दिएनन् ।

आधुनिक तरकारी तथा फलफूल बजारमा खुद्रा तथा थोक बिक्री कक्ष, क्यान्टिन, क्लिनिक, बैंक, किसानलाई आराम कक्ष, प्रशासनिक भवन, शौचालय, पार्किङलगायतका पूर्वाधार निर्माण गरिएको छ । तर प्रयोग नहुँदा भवन निर्माण गरिएको क्षेत्रमा झार उम्रिएको छ ।

प्रदेश १ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयकी सचिव निरु दाहाल पाण्डेले बजार सञ्चालनको प्रक्रियामा रहेको बताइन् । बजार सञ्चालनका लागि टेन्डर अन्तिम चरणमा रहेको बताउँदै उनले केही समयपछि बजार सञ्चालनमा आउने बताइन् ।

बजार सञ्चालनका लागि मन्त्रालयले सूचना प्रकाशित गरेपछि विराट कृषि उत्पादन तथा बजारीकरण विशिष्टीकृत सहकारीले मात्र टेण्डर भरेको छ । मन्त्रालयले सोही सहकारीलाई बजार सञ्चालनको जिम्मा दिनका लागि नियमावली पनि परिवर्तन गरेको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ