Rumpum Advertisement

बीस रुपैयाँका लागि जोखिम मोलेर जोगवनी : मुल गेट बन्द, चोरबाटोमा कम्मरसम्म पुग्छ पानी

Neuro Revised Adv
Koshi Dashain ad
बीस रुपैयाँका लागि जोखिम मोलेर जोगवनी : मुल गेट बन्द, चोरबाटोमा कम्मरसम्म पुग्छ पानी

विराटनगर २८ असोज । दैनिक उपभोग्य सामानमा दशदेखि बीस रुपैयाँ सस्तो पर्ने भएपछि जोखिम मोलेर जोगवनी जानेको लर्को लाग्ने गरेको छ ।

कोरोना महामारी नियन्त्रणका लागि सरकारले सीमा नाका बन्द गरेको छ । तर नाका बन्द भएको अवस्थामा जोखिम मोलेर भारत जानेको लामो लाइन लाग्ने गरेको हो ।

नाका सिल भएका कारण जोखिम मोलेर चोरबाटो हुँदै दैनिक सयौं नेपाली जोगवनी पुग्ने गरेका छन् । जोखिमयुक्त चोरबाटोमा बाटोमा पानीको दह छ ।

सस्तो पाउने आसमा दहमा जोखिम मोलेर सर्वसाधारण जोगवनी पुग्ने गरेका छन् । दरैया दशगजामा पानी जमेको दहमा कम्मरसम्म डुबेर जोगवनी जाने र सोही बाटो फर्किएर नेपाल प्रवेश गरेपछि सिटी सफारीमा घर फर्कन्छन् ।

नेपालमा ७५ देखि ८० सम्म पर्ने चिनी जोगवनीमा ६५ रुपैयाँ पर्छ । जोगवनीमा खाद्यान्न किन्न पुुग्नेहरु १०–२० रुपैयाँ फरक हुने गरेको बताउँछन् । जोगवनीमा चिनी ६५, प्याज ७५, लसुन १ सय २०, तेल १ सय ५० मा पाउने गरेको खरिदका लागि पुग्नेहरुले बताए ।

नाका बन्द भएका कारण किनमेलका लागि जोगवनी जाने अधिकांश मानिस विराटनगर केन्द्रित भएका छन् । लकडाउन र निषेधाज्ञाका कारण सुस्ताएको विराटनगरको बजारमा दशैं नजिकिएसँगै चहलपहल बढेको छ । सीमावर्ती क्षेत्रमा रहेको बजारका बारेमा राज्यले बेलैमा सोच्नुपर्ने विराट व्यापार संघका अध्यक्ष सुजन थापा बताउँछन् ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ