Rumpum Advertisement
Dazzu

बाबा रामदेव योगा गर्दागर्दै हात्तीबाट खसेपछि (भिडियोसहित)

बाबा रामदेव योगा गर्दागर्दै हात्तीबाट खसेपछि (भिडियोसहित)

विराटनगर, २८ असोज । योगगुरु बाबा रामदेव योग गर्दागर्दै हात्तीबाट लडेको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

२२ सेकेन्डको उनको भिडियो मंगलबार भाइरल भएको हो । सोमबार भारतको मथुरास्थित बाबा रामदेव गुरु शरणको आश्रम रामानरातीमा सन्तहरूलाई योगासन सिकाउँदै थिए । भिडियोमा बाबा रामदेव हात्तीमा बसेर योग आसन गर्दै गरेको देख्न सकिन्छ । भिडियोमा केही सेकेन्डमा, हात्ती सुरुमै चल्मलाउँदा रामदेवले वास्ता गरेनन् ।

तर, दोस्रो पटक हात्तीले झड्का दिएपछि रामदेवको सन्तुलन बिग्रिएपछि बाबा रामदेव एक्कासी हात्तीबाट तल खसे । हात्तीको पिठ्युँमा ध्यान गरिरहेका रामदेव तल झर्नेबित्तिकै वरिपरि रहेका मानिसले उनलाई उठाए र त्यसपछि रामदेव निकै आँतिदै अगाडि दौडिएको भिडियोमा देखिन्छ ।

भिडियो भाइरल भएसँगै धेरैले रामदेवलाई मजाकमा उडाइरहेका छन् भने उनको सहासको पनि तारिफ भइरहेको छ ।