Rumpum Advertisement

‘लोन्ली प्लानेट’को घुम्नैपर्ने १० गन्तव्यको सूचीमा अन्नपूर्ण सर्किट पनि

Neuro Revised Adv
Koshi Dashain ad
‘लोन्ली प्लानेट’को घुम्नैपर्ने १० गन्तव्यको सूचीमा अन्नपूर्ण सर्किट पनि

काठमाडाैं, २५ असाेज । चर्चित अन्तर्राष्ट्रिय ट्राभल साइट ‘लोन्ली प्लानेट’ले घुम्नैपर्ने १० गन्तव्य सूचीमा नेपालको अन्नपूर्ण सर्किटलाई पनि राखेको छ ।

विश्व चर्चित गन्तव्य अन्नपूर्ण सर्किटलाई यो वर्ष लोन्ली प्लानेटले गन्तव्य सूचीमा पारेको हो ।

अन्नपूर्ण घुम्नैपर्ने गन्तव्य भएको उल्लेख गर्दै साइटले स्वर्ण मन्दिर, आकर्षक गाउँ, जङ्गल र वन्यजस्तुलाई नजिकबाट नियाल्न सकिने विशेषता उल्लेख गरेको छ ।

साे संस्थाले साइटमा अन्नपूर्णको साहसिक र रोमाञ्चक यात्रा उत्प्रेरक हुने भन्दै पदयात्रापछि थाकेको शरीरलाई स्वादिष्ट परिकार र चियाले भरपुर आनन्द दिलाउन सकिने लेखेको छ ।

अन्नपूर्ण सर्किटमा रहेका अन्नपूर्ण क्षेत्र, तिलिचो ताल, कालीगण्डकी तथा थोरङ्लापाससम्मको यात्रा वर्णन गर्दै लोन्ली प्लानेटले अन्नपूर्णलाई विश्वभरका पर्यटकका घुमफिरको योजनामा राख्न पनि सुझाएको छ ।