Rumpum Advertisement

आज एकै दिन २२ संक्रमितको मृत्यु

Neuro Revised Adv
Koshi Dashain ad
आज एकै दिन २२ संक्रमितको मृत्यु

विराटनगर, २५ असोज । नेपालमा आइतबार थप २२ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङका क्रममा आज थप २२ जनाले कोरोनाबाट ज्यान गुमाएको जानकारी दिएको छ ।

यससँगै कोरोनाबाट मृत्यु हुनेको ६३६ संख्या पुगेको छ ।

आइतबार थप दुई हजार ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ७ हजार ७५५ पुगेको छ । कुल संक्रमितध्ये सक्रिय संक्रमितको संख्या ३१ हजार ३१५ रहेको छ ।

आज थप १५ सय ५२ जना कोरोना भाइरस संक्रमणमुक्त भइ डिस्चार्ज भएका छन् । यससँगै कोरोना जित्नेको संख्या ७५ हजार ८०४ पुगेको छ । कुल संक्रमितमध्ये ७०.३ प्रतिशतले कोरोना जितेकाे मन्त्रालयले जनाएकाे छ ।

प्रतिक्रिया

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ