Rumpum Advertisement

मेस्सी पेलेको रेकर्ड नजिक

Neuro Revised Adv
Koshi Dashain ad
मेस्सी पेलेको रेकर्ड नजिक

विराटनगर, २५ असोज । अर्जेन्टिनी कप्तान लियोनल मेस्सी ब्राजिलियन लिजेन्ड पेलेको कीर्तिमान नजिक पुगेका छन् । शुक्रबार बिहान विश्वकप छनौटअन्तर्गत इक्वाडरविरुद्ध एक गोल गरेका उनी पेलेको रेकर्डभन्दा केही कदम पछाडि मात्र रहेका छन् ।

विश्वकपको दक्षिण अमेरिकी छनौटअन्तर्गत अर्जेन्टिनाले इक्वाडरमाथि १–० गोलको जित निकाल्दा मेस्सीले निर्णायक गोल गरेका थिए । खेलको १३औं मिनेटमा मेस्सीले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनालाई जिताए ।

सो गोलसँगै मेस्सीले ब्राजिलियन लिजेन्ड रोनाल्डोको कीर्तिमानसँग बराबरी गरेका थिए । मेस्सीले रोनाल्डोको ‘दक्षिण अमेरिकन राष्ट्रका लागि प्रतियोगात्मक खेलमा सर्वाधिक गोल गर्ने खेलाडीको रेडर्क’सँग बराबरी गरेका हुन् ।

मेस्सी र रोनाल्डोले दक्षिण अमेरिकन राष्ट्रका लागि प्रतियोगात्मक खेलमा ३९ गोल गरेका छन् ।

समग्रमा मेस्सीले ७१औं अन्तर्राष्ट्रिय गोल गरेका थिए । यता, पेलेले भने ७५ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।

अब मेस्सी पेलेको रेकर्डभन्दा छ गोलले पछाडि छन् । उनले अब यस वर्ष विश्वकप छनौटअन्तर्गत तीन खेल खेल्दैछन् भने अर्को वर्ष छनौटकै केही खेल र कोपा अमेरिकाका खेलहरू खेल्नेछन् ।

प्रतिक्रिया

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ