birat ribon

आज नारी घरभित्रै सुरक्षित छैन : दीपाश्री

Neuro
आज नारी घरभित्रै सुरक्षित छैन : दीपाश्री

विराटनगर, २५ असोज । निर्देशिका तथा अभिनेत्री दीपाश्री निरौलाले नारी घरभित्रै सुरक्षित नभएको चिन्ता व्यक्त गरेकी छन् ।

Padelux insider
cura insider

दिनहुँ बलात्कारका घटनाहरू बढिरहेको बेला उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत् पहिला पहिला नारीहरू घर बाहिर असुरक्षित हुन्थे तर, हालको अवस्थामा आज नारी घरभित्रै सुरक्षित नभएको लेखेकी छिन् । उनी थप्छिन्, ‘एक त बलात्कारीहरू समातिँदैनन्, यदि समातिए पनि आज जेल जान्छन् र पर्सि निस्कन्छन् ।’

दीपाश्रीले बलात्कारीलाई कडा सजाएको कानुनी व्यवस्था गर्नु पर्ने माग गर्दै, नारीलाई अधिकार दिने कुराभन्दा पहिला उसको निर्धक्क बँच्ने अधिकार सुरक्षित गर्न आग्रह गरेकी छिन् । पछिल्लो समय बलात्कारको घटना बढेसँगै अभिनेत्रीहरूले सामाजिक सञ्जालमा विरोध गर्न थालेका छन् ।

नायिका वर्षा राउतले भर्खरै जन्मेको शिशुदेखि ८० वर्षकी वृद्धासम्म बलात्कृत भएको घटनालाई स्मरण गर्दै नारीलाई सुरक्षा र सम्मान कहाँ छ भन्दै प्रश्न उठाएकी छिन् । त्यस्तै, केही दिनअघि मात्र अभिनेत्री ऋचा शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई छोरी जन्मिएला र छोरीको लागि सुरक्षित ठाउँ बनाउन नसकुँला भन्ने डर लाग्न थालेको भन्दै फेसबुकमार्फत् पत्र लेखेकी थिइन् ।

jackson ribon