birat ribon

पाकिस्तानमा पनि टिकटक प्रतिबन्धित

Neuro
पाकिस्तानमा पनि टिकटक प्रतिबन्धित

विराटनगर, २५ असोज । पाकिस्तानले चिनियाँ सोसल मिडिया एप टिकटकलाई प्रतिबन्ध लगाएको छ ।

Padelux insider
cura insider

दूरसञ्चार प्राधिकरणले जनाएअनुसार ‘अनैतिक र अभद्र’ सामग्रीहरू फिल्टर गर्न असफल भएको निष्कर्ष निकाल्दै टिकटकलाई देशभित्र प्रतिवन्ध लगाउने निर्णय गरिएको हो । पाकिस्तानको दूरसञ्चार प्राधिकरण (पीटीए) ले शुक्रवार एक विज्ञप्ति जारी गर्दै समाजका विभिन्न क्षेत्रबाट गुनासो आएपछि यो निर्णय लिएको जनाएको छ ।

टिकटकमा लगातार पोस्ट गरिएको सामग्रीको गुनासो र प्रकृतिलाई ध्यानमा राख्दै, पीटीएले अन्तिम सूचना जारी गरेको बताइएको छ । चीनमा आधारित बाइटडान्सको स्वामित्वमा रहेको टिकटक सुरक्षा र गोपनीयता चिन्ताको कारण विश्वव्यापीरूपमा छ । यो भारतमा पहिले नै प्रतिबन्धित गरिएको छ भने यसलाई अष्ट्रेलियादेखि संयुक्त राज्य अमेरिकासम्मका देशहरूमा छानविन भइरहेको छ ।

jackson ribon