birat ribon

बीपीमा उपचाररत तीन संक्रमितको मृत्यु

Neuro
बीपीमा उपचाररत तीन संक्रमितको मृत्यु

विराटनगर, २५ असोज । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत थप तीन जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।

Padelux insider
cura insider

मृत्यु हुनेमा दुई महिला र एक पुरुष छन् । प्रतिष्ठानका सह–प्रवक्ता डा. आशिष श्रेष्ठले मृत्यु भएकामध्ये दुई जना सुनसरी र एक जना धनकुटाको रहेको जानकारी दिए ।

सुनसरीको धरान–८ की ६२ वर्षीया वृद्धा महिलाको शनिबार राति ८ बजे मृत्यु भएको उनले बताए । उपचारका लागि प्रतिष्ठानमै भर्ना भएकी महिलामा असोज २१ गते कोरोना पुष्टि भएको थियो ।

त्यस्तै सनुसरीको दुहवीका ६५ वर्षीय वृद्ध पुरुषको उपचारका क्रममा आइतबार बिहान ३ः५० बजे मृत्यु भएको डा. श्रेष्ठको भनाइ छ । प्रतिष्ठानमा उपचाररत अवस्थामा असोज १५ गते उनको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।

धनकुटाकी ६१ वर्षीया वृद्धा महिलाको पनि उपचारका क्रममा आइतबार बिहान ६ः४० बजेतिर मृत्यु भएको जानकारी डा. श्रेष्ठले दिए । मधुमेहको पुरानै समस्या रहेकी वृद्धालाई थप उपचारका लागि जिल्ला अस्पताल धनकुटाले असोज १६ गते रेफर गरेर प्रतिष्ठान पठाएको हो ।

पीसीआर परीक्षण गर्दा असोज २० गते रिपोर्ट पोजेटिभ आएको थियो । मृतक तीनै जनाको शवको व्यवस्थापन नियम अनुसार हुने डा. श्रेष्ठको भनाइ छ ।

jackson ribon