birat ribon

डा. केसीसँगको सहमतिपछि चिकित्सकको आन्दोलन फिर्ता

Neuro
डा. केसीसँगको सहमतिपछि चिकित्सकको आन्दोलन फिर्ता

विराटनगर, २५ असोज । सरकारले सहमति गरेर अनशनरत डा. गोविन्द केसीले अनशन तोड्ने भएपछि आवसीय चिकित्सकले आन्दोलनको कार्यक्रम फिर्ता लिएका छन् ।

Padelux insider
cura insider

चिकित्सकले विज्ञप्तिमार्फत आन्दोलन फिर्ता लिँदै सहमतिको प्रशंसा पनि गरेका छन् । अनशनको २७ औ दिनमा डा. केसी र सरकार पक्षबीच शनिबार राति ८ बुँदे सहमति भएको थियो । सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक एवं शिक्षा मन्त्रालयका सचिव गोपीनाथ मैनाली र डा. केसीले हस्ताक्षर गरेका छन्। केसीले आफ्नो अनशनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

चिकित्सकद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सम्झौता भएका सम्पूर्ण कुराहरु कार्यान्वयन भै २० औ अनशन बस्नुपर्ने स्थिति सिर्जना नहोस् भन्ने आशासहित असोज २४ गते विज्ञप्ति जारी गरी हामी सम्पूर्ण आवासीय चिकित्सकहरुले २५ गते गर्ने भनिएको इमर्जेन्सी र कोभिडबाहेक सम्पूर्ण स्वास्थ्य सेवा बहिष्कार लगाएतका सबै कार्यक्रमहरु फिर्ता गरिएको व्यहोरा यसै विज्ञप्ति मार्फत जानकारी गराउन चाहन्छौं। ’ विज्ञप्तिमार्फत कोभिड महामारीको समयमा पनि केसीको आन्दोलनमा समर्थन र ऐक्यवद्धता जनाउने एवं सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्।

यस अगाडि आवासीय चिकित्सकले आइतबार इमर्जेन्सी र कोभिडबाहेक सम्पूर्ण स्वास्थ्य सेवा बहिष्कार गर्ने निर्णय गर्दै नेपाल चिकित्सक संघको आन्दोलनका कार्यक्रममासमेत ऐक्यवद्धता जनाएका थिए। सहमतिपछि केसीले आइतबार अनशन तोड्ने भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक डा. दिव्यासिंह शाहले सरकारी टोली र डा. केसी पक्षबीच निर्णायक वार्ता गराउन भूमिका निर्वाह गरेकी हुन्।

jackson ribon