birat ribon

उडिरहेका विमान ठोक्किँदा पाँच जनाको मृत्यु

Neuro
उडिरहेका विमान ठोक्किँदा पाँच जनाको मृत्यु

विराटनगर, २५ असोज । फ्रान्सको पश्चिम–मध्य क्षेत्रमा उडिरहेका दुई साना आकारका विमान आकाशमै ठोक्किएर भएको दुर्घटनामा परेर पाँच जनाको मृत्यु भएको छ ।

Padelux insider
cura insider

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाए अनुसार टूर्स शहरको दक्षिण–पश्चिममा शनिबार बेलुका उडिरहेका दुई विमान ठोक्किँदा दुर्घटना भएको हो । ठोक्किएर दुई विमान भूइँमा खसेसँगै ५० जना अग्निनियन्त्रकसँगै आपतकालीन सेवाका उद्दारकर्मीहरु घटनास्थल पुगेका थिए ।

विमान भूइँमा बजारिए पनि जमिनमा रहेका कोहीलाई पनि केही भएन । विमानमा रहेका सबैको मृत्यु भएको छ । दुईजना रहेको माइक्रोलाइट विमान र तीनजना सवार रहेको विमान ठोक्किँदा उडिरहेका कसैको पनि ज्यान बचेन । दुर्घटनाको अनुसन्धान सुरु गरेको स्थानीय प्रहरीले जनाएको छ ।

jackson ribon