birat ribon

कटानको उच्च जोखिममा ५३५ घर

Neuro
कटानको उच्च जोखिममा ५३५ घर

टीकापुर, २५ असोज । मोहना र कन्द्रा नदीले दक्षिण तथा उत्तरबाट घरेको कैलालीको भजनी नगरपालिका–५ का पाँच सय ३५ घर नदी कटानको उच्च जोखिममा छन् ।

Padelux insider
cura insider

यी दुई नदीको कटानले यहाँका नागरिक समस्या झेल्दै आएका छन् ।बाईस टोल रहेको वडामा एक हजार तीन ५० घरधुरी छन् । यहाँका नागरिकले मोहना नदी कटानले वर्षेनी दुःख झेल्दै आएका छन् ।

वडा नं ५ का चम्रैदा, लखरया, कालापातल, फाटाटोल र सानो कौवाखेडाका करिब एक सय ८२ घर मोहना नदी कटानको जोखिममा छन् । क्रवला, लौबस्ता, लालबोझी, भगतपुर, कर्मदेव, नयाँ बस्ती, बेलाहा, मिलानपुर, पिपरकोटी, दुदुवाफाटा र ठूलो कौवाखेडाका करिब ३५३ घर कन्द्रा नदीको कटानको जोखिममा छन् ।

यहाँ वर्षात्मा मात्र नभई हिउँदमा पनि कटान भइरहेको मिलानपुरकी विष्णु रेग्मी बताउँछिन् । “नदीमा पानी बढे बाढी आउँछ, नदी बस्तीमा पसेर खेतीयोग्य जमिन पटान हुन्छ, हिउँद भएमा थप कटान हुन्छ”, उनले भनिन् “हामी ढुक्कले कहिल्यै सुतेका छैनौँ, सधैँ डर र तनावमा जीवन चलेको छ ।”

यहाँ नदी कटान र पटानले स्थानीयको सयौँ बिघा जमिन बगर भइसकेको छ । नदी कटानले सयौंँ परिवार घरवारविहीन भएका छन् । यस वर्ष गत साउनमा आएको बाढीले त्यहाँका सयौँ परिवार विस्थापित भएका थिए ।

बेलहाका टीकाराम भण्डारी नदी कटानले वर्षेनी यहाँका नागरिक दुःख झेलिरहेको बताउँछन् । “बाढी आएपछि करिब एक महिना विस्थापित हुनुप¥यो, दुई ठूला नदीले घेरेकाले यहाँका नागरिक सधैँ त्रासमा रहन्छौँ”, भण्डारी भन्छन् , “नदी नियन्त्रणका लागि सरकारले तदारुकता देखाउन आवश्यक छ । यहाँ खेतीयोग्य जमिन छ । खेती राम्रो हुन्छ । यो ठाउँ जोगाउन स्थायी तटबन्ध गरिन आवश्यक छ ।”

पगिया पसारका नृप बुढा नदी कटान र पटानबाट नागरिकलाई उन्मुक्ति दिन सरकारले बृहत तटबन्ध गरिदिनुपर्ने माग गर्छन् । “बाढीपछि धेरै नेताले यो क्षेत्रको निरीक्षण गर्नुभयो । तर गरौँ भन्ने भावना कसैमा देखिएन”, बुढाले भने, “खेतीयोग्य सयौँ बिघा पटान भएर नागरिकलाई भोकमरीको समस्या हुने देखिएको छ ।”

यस वर्ष बाढीले सयौँ बिघामा लगाएको धानबाली पटान गरेको छ । स्थानीय शर्मिला चौधरीको पाँच कठ्ठा जमिन थियो । बाढीपछि भएको पटानले उनको पूरै जमिनमा बालुवा भरिएको छ । शर्मिलाको परिवारलाई यतिखेर सबैले धान भित्र्याएको देख्दा पीडा हुन थालेको छ । “सबैले धान काट्न थाले, म हेरेर बसेकी छु”, शर्मिलाले भनिन्, “अब हामीले के खाने भन्ने चिन्ता बढेको छ ।”

“कोरोना महामारीपछि भारतमा रोजगारीमा रहेकाहरु धेरै घर फर्किएका छन्, यहाँ बाढी आएर तहसनहस भएको छ”, स्थानीय जयप्रसाद ढुङ्गाना भन्छन् , “बाढीमा परेका केही परिवारमा मनोसामाजिक समस्या देखिन थालेको छ । कतिपय नागरिकमा बर्बराउने, एक्लै कुरा गर्ने, डर लाग्ने, निद्रा नलाग्नेजस्ता समस्या देखिन थालेको गुनासो छ ।”

नदी कटान नियन्त्रणका लागि भजनी नगरपालिका आफैँले नसक्ने भएकाले प्रदेश सरकारलाई गुहारेको वडाध्यक्ष केशव बुढाले बताए । “सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री, कृषिमन्त्री, कानूनमन्त्री सबैले निरीक्षण गर्नुभएको छ, यस वर्ष बजेटको व्यवस्था गर्ने आश्वासन पाएका छौँ”, वडाध्यक्ष बुढाले भने , “अब बृहत तटबन्ध बन्ने आश्वासन पाएका छौँ, मुख्यमन्त्रीज्यूले कैलालीमा सञ्चालित रानी जमरा कुलरिया सिँचाइ आयोजनासँग समन्वय गरेर भए पनि यस वर्ष बनाउने भन्नुभएको छ ।” रासस

jackson ribon