birat ribon

युवक दूधकोशीमा बेपत्ता, शिशुको बेवारिसे शव भेटियो

Neuro
युवक दूधकोशीमा बेपत्ता, शिशुको बेवारिसे शव भेटियो

सोलुखुम्बु, २५ असोज । दशैंमा घर पोत्नलाई कमेरो माटो खन्न गएका एक युवालाई सोलुखुम्बुको दूधकोशी खोलाले बगाएर बेपत्ता बनाएको छ ।

Padelux insider
cura insider

थुलुङ दूधकोशी गाउँपालिका ४ जुबु खन्याखर्कका २३ वर्षीय सन्तोष घिमिरेलाई खोलाले बगाएर शनिबार बेपत्ता बनाएको हो । सोलुखुम्बुका प्रहरी निरीक्षक महेन्द्र दर्नालका अनुसार श्रीमतीसँगै घर लिप्ने कमेरो माटो खन्न गएका घिमिरेलाई शनिबार बिहान खोलाले बगाएको हो । माटो खनीसकेर भारीसमेत मिलाइसकेका घिमिरेले श्रीमतीलाई पानी पिउन मन लागेको भन्दै ज्याकेट र मोबाइल दिएर दूधकोशीमा गएका थिए ।

पानी पिएपछि पौडन नदीमा पसेका उनलाई नदीले बगाएको प्रत्यक्षदर्शीले बताएका छन् । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

यसैबीच थुलुङ दूधकोशी गाउँपालिका ९ लोखीम नवजात शिशुको बेवारिसे शव भेटिएको छ । सालनालसहित कुहिसकेको अवस्थामा नवजात शिशु छोरीको शव भेटिएको दर्नालले जानकारी दिए ।

लोखीमको सार्कु खोलाको छागाँमा माछा मार्न गएका स्थानीयले शनिबार दिउँसो शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । नवजात शिशुको शवपरीक्षण लागि जिल्ला अस्पताल फाप्लु ल्याएको सोलुखुम्बु प्रहरीले जनाएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको बताइएको छ । रासस

jackson ribon