birat ribon

जर्मनीले युक्रेनलाई उसैको मैदानमा हरायो

Neuro
जर्मनीले युक्रेनलाई उसैको मैदानमा हरायो

विराटनगर, २५ असोज । यूईएफए नेशन्स लिगमा जर्मनीले युक्रेनमाथि जित निकालेको छ । शनिबार राति भएको खेलमा जर्मनीले युक्रेनलाई उसैको मैदानमा २–१ गोलले हराएको हो ।

Padelux insider
cura insider

एनएससी आलम्पिस्कीमा भएको खेलमा जर्मनीलाई जिताउन माथियास जिन्टर र लियोन गोरेट्जकाले समान एक–एक गोल गरे । युक्रेनका रुस्लान मालिनोस्कीले एक गोल फर्काए ।

युक्रेनले जिन्टरको गोलमा सुरुआती अग्रता बनाएको थियो । खेलको २०औं मिनेटमा जिन्टरले गोल गर्दै पहिलो हाफभरि जर्मनीलाई अग्रता दिलाएका थिए ।

खेलको ४९औं मिनेटमा गोरेट्जकाले गोल गरेपछि जर्मनीले आफ्नो अग्रता दोब्बर बनाएको थियो ।

७६औं मिनेटमा युक्रेनका मालिनोस्कीले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने प्रयास गरे । तर, बाँकी समय गोल नहुँदा जर्मनीले २–१ गोलको जित निकालेको हो ।

जितसँगै समूह ‘डी’को दास्रो स्थानमा रहेको जर्मनीले ३ खेलबाट ५ अंक जोडेको छ । ३ अंक रहेको युक्रेन सो समूहको तेस्रो स्थानमा छ ।

jackson ribon