विराटनगर, २५ असोज । यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंग्लोरले साविकको उपविजेता चेन्नई सुपर किंग्समाथि जित निकालेको छ ।
शनिबार राति भएको खेलमा बैंग्लोरले चेन्नईलाई ३७ रनले हराएको हो ।
दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा बैंग्लोरले दिएको १७० रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३२ रन मात्र बनाउन सक्यो ।
चेन्नईका लागि अम्बाती रायाडुले ४२ रन बनाउँदा नारायण जागाडिसनले ३३ रन जोडे । शेन वाट्सनले १४ बनाउँदा कप्तान महेन्द्र सिंह धोनीले १० रन बनाए ।
बैंग्लोरका क्रिस मोरिसले ३ विकेट लिए भने वासिंगटन सुन्दरले २ विकेट झारे ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको बैंग्लोरले २० ओभरमा ४ विकेट गुमाउँदै १६९ रन बनाएको थियो ।

बैंग्लोरका कप्तान विराट कोहलीले अविजित रहँदै ९० रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । यस्तै देवदत्त पाडिक्कलले ३३ रन जोड्दा शिवम डुबेले अविजित २२ रन जोडे ।
चेन्नईका शार्दुल ठाकुरले २ विकेट लिए भने साम करण र दीपक चाहरले समान १–१ विकेट लिए ।
जितसँगै बैंग्लोर ६ खेलबाट ८ अंक बनाउँदै तालिकाको चौंथो स्थानमा उक्लिएको छ । छैटौं स्थानको रहेको चेन्नईले भने ७ खेलबाट ४ अंक जोडेको छ ।
शनिबार नै भएकाे अर्को खेलमा कोलकत्ताले किंग्स एलाभेन पञ्जावमाथि २ रनको जित निकालेकाे थियो ।