birat ribon

मुख्यमन्त्रीका स्वकीय सचिवलाई कोरोना संक्रमण

Neuro
मुख्यमन्त्रीका स्वकीय सचिवलाई कोरोना संक्रमण

विराटनगर, २४ असोज । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईका प्रमुख स्वकीय सचिवलाई कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार मुख्यमन्त्रीकाे स्वकीय सचिव नवराज राईलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

Padelux insider
cura insider

स्वकीय सचिवलाई कोरोना संक्रमण देखिएपछि मुख्यमन्त्री शेरधन राई होम क्वारेन्टाइनमा छन् ।

१९भदौंमा मुख्यमन्त्री राईसँगै रहेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई पनि शनिबार कोरोना संक्रमण पुष्टि भएको छ ।

विराटनगर बिमानस्थल स्तरउन्तीका लागि स्थानीय, प्रदेश र संघिय सरकारबीचको सम्झौता कार्यक्रममा मुख्यमन्त्री राई र पर्यटन मन्त्री भट्टराईसँगै थिए ।

प्रमुख सचिव र मन्त्री भट्टराईलाई कोरोना संक्रमण देखिएकाले अवस्था अनुसार मुख्यमन्त्री शेरधन राईले पीसीआर जाँच गर्ने राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए ।

jackson ribon