birat ribon

डाक्टर केसीकाे जीवनरक्षा माग गर्दै चिकित्सक आन्दाेलनमा : आकस्मिक र कोभिड बाहेकका सेवा बन्द

Neuro
डाक्टर केसीकाे जीवनरक्षा माग गर्दै चिकित्सक आन्दाेलनमा : आकस्मिक र कोभिड बाहेकका सेवा बन्द

विराटनगर, २४ असोज । नेपाल चिकित्सक संघले आइतबारबाट देशभरका स्वास्थ्य संस्थामा आकस्मिक र कोभिड १९ बाहेकका सबै सेवा बहिस्कार गर्ने निर्णय गरेको छ ।

Padelux insider
cura insider

चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै १९ औं आमरण अनशनमा बस्नु भएका डा. गोविन्द केसीका मागको समर्थन गर्दै देशभरका स्वास्थ्य संस्था तथा अस्पतालमा कोभिड १९ र आकस्मिक सेवा बाहेकका सबै सेवा बहिष्कार गर्ने संघले बताएको हो ।

शनिबार भर्चुअल माध्यमबाट बसेको केन्द्रीय कार्यसमिति बैठकले उक्त निर्णय गरेको संघका महासचिव डा. बद्री रिजालले बताए ।

आमरण अनशनमा रहेका डा.केसीको जीवन रक्षाका लागि सरकार गम्भिर नभएकाले आकस्मिक र कोभिड १९ बाहेकका सबै सेवा बन्द गर्न आफुहरु बाध्य भएको उनले बताए ।

jackson ribon