birat ribon

‘टन्सिल बिग्रिए मुटुरोग’

Neuro
‘टन्सिल बिग्रिए मुटुरोग’

विराटनगर, २४ असोज । घाँटीमा हुने टन्सिललाई हामी सामान्य रुपमा लिने गर्छाै । व्याक्टेरियाको सक्रंमणबाट टन्सिल हुने गर्छ ।

Padelux insider
cura insider

टन्सिललाई सामान्य रुपमा लिन्छौ । तर हेल्चेक्र्याईले मुटु जस्तो संवेदनशील अङ्गमा जटिल प्रकारको रोग निम्त्याउन सक्छ ।

मुटुरोग विशेषज्ञ डा। प्रकाशराज रेग्मी ९९ प्रतिशत मानिसलाई टन्सिल बिग्रिए मुटु रोग लाग्ने जोखिमब जानकार छैनन् ।

एक सय रुपैयाँमा उपचार हुने टन्सिलको सही उपचार नगर्दा तीन–लाखसम्म खर्च लाग्ने मुटुरोगको जटिल समस्याबाट प्रभावित हुने गरेको बताए ।

यस्तो समस्या पाँचदेखि १५ वर्षसम्मका बालबालिकामा हुने गर्दछ ।

यो समस्या मुलुकका विपन्न परिवारमा रहेकाले सोही विषयलाई चित्रण गर्दै उनले ‘टन्सिलले विगारेको मुटु’ नामक पुस्तक बजारमा ल्याउएका छन् ।

नेपाल हृदयरोग निवारण प्रतिष्ठानले आज काठमाडौँमा उक्त पुस्तकबारे गरेको अन्तरक्रियामा डा रेग्मीले आमनेपाली सचेत हुन सकुन् भन्ने उद्देश्यले पुस्तक प्रकाशित गरेको बताए ।

शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रका बाल–मुटु रोग विशेषज्ञ डा. उर्मिला शाक्यले टन्सिल सामान्य रोग जस्तो लागे पनि यसको कारणले मुटुमा जटिल प्रकारको रोग लाग्न सक्ने बताए ।

बालबालिकामा शुरुमा जिवाणुका कारण टन्सिल हुने र त्यो बिग्रिएपछि बाथ ज्वरो आउँछ । बाथले मुटुका माङ्सपेशी र भल्बलाई असर गर्छ । त्यो नै बाथ–मुटुरोग हो ।

jackson ribon