विराटनगर, २४ असोज । अनसनरत डाक्टर गोबिन्द केसीको स्वास्थ्य अवस्था नाजुक स्थितिमा पुगेकाे छ । २७ दिनदेखि अनशनरत प्रा.डा. केसीको स्वास्थ्य अवस्था नाजुक अवस्थामा पुगेकाे हाे ।
चिकित्सा शिक्षा सुधारको माग गर्दै अनशन बसेका डाक्टर केसीको अवस्था गम्भिर भएपछि ९ जना चर्चित चिकित्सकले उनको जीवनरक्षा गर्न अपिल गरेका छन् । शनिबार सरकारसँग डा. केसीको जीवन रक्षाका लागि अपील गरेका हुन् ।
अपीलमा भनिएको छ ‘डाक्टर केसीको अवस्था चिकित्सकीय दृष्टीकोणले अत्यन्तै गम्भीर मोडमा पुगेको छ । कुनै पनि समय दुर्घटना निम्तिन सक्ने विषम पूर्ण परिस्थितिलाई नेपाल सरकारले गम्भीरतापूर्वक लिइ यथासक्य निचोडमा पुर्याउने वातावरण तयार गर्न अपिल गर्दछौं’
नेपाल मेडिकल काउन्सिलका अध्यक्ष भगवान कोइराला, पूर्वस्वास्थ्य राज्यमन्त्री भरत प्रधान, पूर्वराजदूत रहेका डाक्टर महेश मास्के, चिकित्सक संघका पूर्वअध्यक्ष डाक्टर अञ्जनीकुमार झा, डाक्टर मुक्तिराम श्रेष्ठ, डा. सरोज धिताल, डाक्टर चोपलाल भुषाल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकूलपति डाक्टर अर्जुन कार्कीले अपिल जारी गरेका हुन ।
२९ भदौबाट जुम्लाको एक धर्मशालाबाट १९ औं अनशन सुरु गरेका केसीलाई ६ असोजमा काठमाडौं ल्याइएको थियो ।