विराटनगर, २४ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला भ्रमण पछि काठमाडौं पुगेर जाँच गर्दा मन्त्री भट्टराईलाई शनिबार कोरोना पोजेटिभ देखिएको हो ।
उनले गत सोमबार कोरोना जाँच गराउँदा नेगेटिभ रिपोर्ट आएपछि विराटनगरमा आएका थिए । १९ असोजमा विराटनगरमा आयोजित दुईवटा कार्यक्रममा सहभागि भएका थिए ।
विराटनगरबाट काठमाडौं फर्किएपछि भट्टराई ताप्लेजुङ र संखुवासभामा बोर्डर आउट पोष्ट उद्घाटनका लागि पुगेका थिए ।
शुक्रबार ज्वरोको महसुस भएपछि शनिबार बिहान परीक्षण गर्दा पोजेटिभ आएको उनले बताएका छन् । भट्टराईले आफूसँग सम्पर्कमा रहेकालाई परीक्षण गर्न आग्रह गरेका छन् ।