Rumpum Advertisement

प्रदेशमा प्रत्येक दुईजनाको जाँच गर्दा एकको रिपोर्ट पोजेटिभ, दशैपछि झन गाह्रो

अब स्वास्थ्य संरचनाले धान्दैन्

Neuro Revised Adv
Koshi Dashain ad
प्रदेशमा प्रत्येक दुईजनाको जाँच गर्दा एकको रिपोर्ट पोजेटिभ, दशैपछि झन गाह्रोअब स्वास्थ्य संरचनाले धान्दैन्

विराटनगर, २४ असोज । प्रदेश १ मा कोरोना संक्रमण दर उच्च अवस्थामा पुगेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङकले संक्रमण दर उच्च रहेकाे पुष्टि गर्छ ।

मन्त्रालयले सार्वजनिक गरेको रिपोर्ट अनुसार प्रदेशमा संक्रमण दर प्रति सयमा ६० प्रतिशत भन्दा माथि छ ।

मन्त्रालयको पछिल्लो रिपोर्ट अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ५६८ जनाको जाँच गर्दा ३२३ जनाको रिपोर्ट पोजेटिभ छ । पछिल्लो २४ घण्टामा कोशी अस्पतालमा ४८९ जनाको पीसीआर जाँच गर्दा २४४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश प्रयोगशालामा ३४२ जनाको जाँच गर्दा १५२ जनाको रिपोर्ट पोजेटिभ छ ।

बिहीबार बीपी प्रतिष्ठानमा १७४ जनाको पीसीआर गर्दा ८३ को रिपोर्ट पोजेटिभ देखिएको छ । कोशीमा १९० जनाको पीसीआर गर्दा ७३, नोबेल मेडिकल कलेज विराटनगरमा ६२८ जनाको पीसीआर गर्दा ४६३ जनाको रिपोर्ट पोजेटिभ छ ।

बुधबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ३९० जनाको पीसीआर जाँच भयो । जसमा १९७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । कोशीमा ४७४ जनाको पीसीआर जाँच हुँदा २८१ जनाको रिपोर्ट पोजेटिभ आयो । प्रदेश प्रयोगशालामा २७५ जनाको जाँच गर्दा ४४ जनाको रिपोर्ट पोजेटिभ छ ।

मन्त्रालयले सार्वजनिक गरेको रिपोर्ट अनुसार संकलन भएको स्वाबको आधा भन्दा बढीको रिपोर्ट पोजेटिभ देखाएको छ । यो रिपोर्टले प्रदेशमा कोरोनाको भयावह रहेको देखाउने जनस्वास्थ्यविद डाक्टर नवराज सुब्बा बताउँछन् ।

प्रदेश १ काे मोरङ सुनसरीमा संक्रमण ब्यापक छ । कोशी नोबेल र बीपीमा जाँच गराउने मोरङ र सुनसरीकाहरु छन् । अस्पताल पुगेर जाँच गराउने प्रत्येक दुइमा एकजनाई कोरोना पोजेटिभ देखिएको छ ।

शनिबारसम्म प्रदेश १ मा संक्रमितको संख्या ९ हजार ८९२ पुगेको छ । जसको आधा संख्या मोरङ जिल्लामा छ । मोरङमा ४ हजार ९ सय २७, सुनसरी जिल्लामा ३००७ जना कोरोना संक्रमित छन् ।

लक्षण देखिएका अस्पतालमा, नदेखिएका बजारमा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षण नभएका व्यक्तीलाई कोरोना जाँच नगर्न आग्रह गर्दै आएको छ ।

पछिल्लो समय कोरोना जाँचका लागि लक्षण भएका विरामी मात्र आउने गरेका छन् । जसका कारण परीक्षणमा आएका मध्ये आधा भन्दा बढीलाई पोजेटिभ देखिएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी प्रकाश कार्की बताउँछन् ।

‘लक्षण भएकाको मात्र जाँच हुँदा आधा भन्दा बढीमा पोजेटिभ देखिनु सामान्य हो ।’ उनले भने ‘धेरै मानिस परीक्षणको दायरमा आएकै छैनन् ।’

कार्कीका अनुसार पीसीआर जाँचका लागि जानेहरु लक्षण भएका र संक्रमितको क्लोज कन्ट्याकमा परेकाहरु धेरै छन् । ‘ कोशी र बीपीमा लक्षणसहित पुगेका र कन्ट्याक ट्रेसिङमा परेकाहरुको धेरै जाँच हुन्छ ।’ उनले भने ‘ अन्य क्षेत्रमा संकलन भएको नमुना प्रदेशमा जाँच हुन्छ ।’

अस्पताल पुग्नेहरु लक्षणसहितका हुने र स्थानीय सरकारले क्लोज कन्ट्याकमा परेकाहरुको नमुना संकलन गर्दा पोजेटिभ आउने सम्भावना धेरै हुने उनले बताए । कन्ट्याक ट्रेसिङमा परेका सबै मानिस जाँचका लागि नआउँदा संक्रमण फैलिरहेको उनको विश्लेषण छ ।

कोशी अस्पताल विराटनगरका आइसोलेसन प्रमुख फिजिसियन डाक्टर लक्ष्मीनारायण यादव संक्रमणको दर नियन्त्रण बाहिर गएको बताउँछन् । उनका अनुसार अस्पतालसम्म पुग्ने अधिकांश मानिस लक्षणसहितका छन् ।

लक्षणसहितका संक्रमित बढ्दै जादा उपचारका लागि स्वास्थ्य संरचनाले धान्न नसक्ने उनले बताए । ‘अहिलेकै अवस्थामा बेड पाउन गाह्रो छ ।’ उनले भने ‘सतर्कता कमजोर छ, भोली झन भयावह अवस्था आउँछ ।’ सतर्कता नअपनाए सबै नेपालीलाई कोरोना संक्रमणले भेट्ने उनले बताए । ‘भ्याक्सिन बनेको छैन्, संक्रमणदर अत्याधिक छ ।’ उनले भने ‘ अवस्था यही रहे सबैलाई कोरोनाले भेट्छ ।’

विराटनगर महानगरपालिकाका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्की नागरिकको लापरवाहीले गर्दा सबैलाई संक्रमणले भेट्ने बताउँछन् । कार्की आफै कोरोना पोजेटिभ आएर आइसोलेसनमा बसेका छन् ।

‘विकसित देशमा राज्यले नियम लागु गर्दा नागरिकले मानेका छन् , जसले संक्रमण नियन्त्रणमा आउदैछ ।’ उनले भने ‘हाम्रोमा मास्क लगाउन मान्दैनन्, संक्रमितहरु बजार बजार पुग्छन् ।’

शंकास्पद व्यक्तीलाई र संक्रमितलाई व्यवस्थापन गर्न नसकिए नेपालको अवस्था कल्पना बाहिरको हुने उनले बताए । ‘राज्यले मात्र गर्न सक्दैन् ।’ उनले भने ‘ अब नागरिक आफै जोगिनुको बिकल्प छैन् ।’

दशै पछि अस्पतालले धान्न सक्दैनन् !


जनस्वास्थ्यविद डाक्टर नवराज सुब्बा संक्रमणको दर उच्चविन्दुमा रहेकाे बताउँछन् । प्रत्यके दुई जनामा जाच गर्दा एक जनालाई पोजेटिभ देखिनु खतराको संकेत भएको उनले बताए ।

दशै नजिकिदै गरेका कारण महामारी झन भयावह अवस्थामा पुग्ने उनको दाबि छ । ‘दशै तिहार नजिकिैदछ, यो बेला मुभमेन्ट धेरै हुन्छ ।’ उनले भने ‘ चाडबाडको चहलपहलले अवस्था झन भयावह बनाउँदैछ ।’

संक्रमणयहि अवस्थामा वृद्धिभए नेपालको स्वास्थ्य संरचनाले धान्न नसक्ने अवस्था आउने उनले बताए ।

‘दशै तिहार पछि संक्रमण र मृत्युदर बढ्दै जान्छ ।’ उनले भने ‘ हाम्रो देशको स्वास्थ्य प्रणाली अत्यन्तै कमजोर छ । विरामीलाई धान्न सक्दैनन्, स्वास्थ्यकर्मी नै संक्रमित हुने भएकाले भएका अस्पतालमा पनि उपचार पाउन गाह्रो हुन्छ ।’ राज्य र नागरिक बेलैमा सचेत भए अवस्थालाई काबुमा राख्न सहज हुने उनले बताए ।

प्रतिक्रिया

  1. Ani yesto mahamari ko bela hamro exam lina kasari samvab xa siksha mantri jiu lai aafai corona lagexa aaba hami students haru lai lagaune prayas ma xan jasto lagxa
    See ko parikxa ma aantarik mulyankan garera nikalyo result ani 11 ko chai open book exam arey ani hami ctevt students ko kehi matlab xaina hamro medical clz ma kata kata ko students haru aauxan padhna sirha saptari ko dherai students haru xan uni haru lai corona lageko xa vane hamilai ni sarxa yedi hami lai corona lago vane yesko jimma kasle linxa we want justice ko kura sikshamantri jiu saama puraidinu dhanyabaad

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ