birat ribon

प्रदेशमा एकै दिन थपिए ५५२ संक्रमित, सुनसरीमा ३१० जना

Neuro
प्रदेशमा एकै दिन थपिए ५५२ संक्रमित, सुनसरीमा ३१० जना

विराटनगर २४ असोज । प्रदेश १ मा एकै दिन ५५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो ।

Padelux insider
cura insider

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार सुनसरीमा ३१०, मोरङमा १९०, झापामा २६,उदयपुरमा ५, धनकुटा र संखुवासभामा ४–४, खोटाङ, इलाम, ताप्लेजुङ र ओखलढुङ्गामा १–१ र प्रदेश १ बाहिरका ९ जनामा संक्रमण देखिएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको धरानमा २२० जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ९१ म्हिला र १२९ पुरुष छन् ।

सुनसरीकै इटहरीमा ५०, इनरुवामा २१, दुहवीमा ७, रामधुनीमा ६, बराहक्षेत्रमा ३, देवानगञ्ज, भोक्राहानरसिंह र गढीमा १–१ जनामा संक्रमण देखिएको छ ।

विराटनगर महानगरपालिकामा १४५, बुढीगंगामा १३, सुन्दरहैचामा १४, कटहरी, धनपालथान र उर्लाबारीमा ३–३, रंगेली, पथरीशनिश्चरे, ग्रामथानमा २–२, केराबारीमा १ र स्थानीय तह नखुलेका ३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापाको विर्तामोडमा ८, दमकमा ७, मेचीनगरमा ६, भद्रपुरमा ३, कनकाई र गौरादहमा १–१, उदयपुरमा त्रियुगामा ४, स्थानीय तह नखुलेका १, धनकुटाको साँधुरीगढीमा ३, स्थानीय तह नखुलेका १, संखुवासभाको खाँदबारीमा ४, खोटाङको खोटेहाङमा १, इलामको इलाममा १, ताप्लेजुङमा १ र ओखलढुङ्गामा १ जना र प्रदेश १ बाहिरका ९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ९ हजार ८९२ पुगेको छ ।

प्रदेश १ मा आज ११ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ४ हजार ७८६ पुगेको छ ।

jackson ribon