birat ribon

चेन्नई भर्सेज बैंग्लोर : आईपीएल खेल २५

Neuro
चेन्नई भर्सेज बैंग्लोर : आईपीएल खेल २५

विराटनगर, २४असोज । आईपीएल उपाधि तीन पटक जितिसकेको चेन्नई सुपर किंग्सले हालसम्म उपाधि जित्न सफल हुन नसकेको टोली रोयल च्यालेन्जर्स बैंग्लोरको आज दुबई रंगशालामा सामना गर्दैछ । बेलुकी ७ः४५ हुने यी दुईबीचको खेल डबल हेडरको दोस्रो खेल हो । जारी आईपीएलमा आफ्नो ६ खेल खेलिसकेको चेन्नईले दुई खेलमा मात्रै जित निकालेको छ । उता बैंग्लोरले भने आफूले खेलेको पाँचमध्ये तीन खेलमा जित निकालेको छ ।

Padelux insider
cura insider

पहिलो खेलमा गत संस्करणको विजेता मुम्बई इन्डियन्सलाई हराउँदै सुखद सुरुवात गरेको चेन्नईले दोस्रो जित निकाल्न आफ्नो पाँचौ खेलसम्म पर्खनु प¥यो । दोस्रो खेलमा राजस्थानसँग १६ रनले स्तब्ध बनेको चेन्नई तेस्रो खेलमा दिल्लीसँग ४४ रनले पराजित भयो भने चौथो खेलमा हैदरावादसँग सात रनले रोकियो । आफ्नो पाँचौ खेलमा शानदार प्रस्तुति दिँदै पञ्जाबलाई दश विकेटले हराएको चेन्नई छैटौं खेलमा भने कोलकतासँग १० रनले पराजित भयो । उत्कृष्ट प्रदर्शन गर्न नसकिरहेको चेन्नईलाई आजको खेलमा जित अत्यन्त आवश्यक छ ।

तर प्रतियोगितामा मिश्रित नतिजा निकालिरहेको बैंग्लोरसँगको उसको भिडन्त सजिलो भने हुने छैन । प्रतियोगितामा पाँचमध्ये तीनमा जित निकालेको बैंग्लोरले पहिलो खेलमा हैदरावादलाई १० रनले हराउँदै सुखद सुरुवात गरेको थियो । तर दोस्रो खेलमा पञ्जाबसँग ९७ रनको भारी अन्तरले पराजित भएको बैंग्लोरले तेस्रो खेलमा भने मुम्बईविरुद्ध सुपर ओभरमा रोमाञ्चक जित निकालेको थियो । यस्तै, चौथो खेलमा राजस्थानलाई आठ विकेटले हराएको बैंग्लोर पाँचौ खेलमा भने दिल्लीसँग ५९ रनले स्तब्ध बनेको थियो ।

खासै लयमा नरहेका यी दुवै टोलीलाई आजको दुई अंक निकै महत्वपूर्ण रहनेछ । त्यसैले आजको खेलमा यी दुवै टोलीको लक्ष्य खेल आफ्नो पक्षमा पार्दै दुई अंक आफ्नो खातामा जोड्नु हुनेछ । तर यी दुईमध्ये खेल जित्न सफल को हुने हो ? त्यसका लागि हामीले आज हुने खेल हेर्नु पर्ने हुन्छ ।

हेट–टु–हेड

आईपीएलमा हालसम्म २४ पटक आमनेसामने भइसकेका यी दुवै टोलीमध्ये चेन्नई हेड–टु–हेडमा सफल छ । २४ मध्ये १५ पटक चेन्नईले खेल आफ्नो पक्षमा पारेको छ भने बैंग्लोर आठ पटक मात्रै सफल भएको छ । यी दुईबीच भएका पछिल्ला सात भेटको नतिजाले चेन्नई बलियो स्थितिमा देखिन्छ । सातमध्ये ६ खेलमा चेन्नईले बैंग्लोरविरुद्ध जित दर्ता गर्दा बैंग्लोर भने एक पटक मात्रै सफल भएको छ । बैंग्लोरले पछिल्लो पटक चेन्नईलाई २०१९ को दोस्रो भेटमा एक रनले पराजित गर्नुबाहेक अन्य खेलमा जित्न सकेको छैन ।

आईपीएलमा बैंग्लोर र चेन्नईको पछिल्ला आठ खेल

आईपीएलमा बैंग्लोरको पछिल्ला आठ खेलको नतिजा हेर्ने हो भने एक खेल नतिजाविहीन हुनुबाहेक उसले चार जित र तीन हार व्यहोरेको छ । २०१९ आईपीएलमा बैंग्लोर र राजस्थानबीचको खेल नतिजाविहीन बनेको थियो । २०२० आईपीएलमा तीन जित दर्ता गर्नुबाहेक पछिल्लो पटक बैंग्लोरले २०१९ आईपीएलमा हैदरावादलाई चार विकेटले पराजित गरेको थियो ।

यता, चेन्नईको खेलेको पछिल्ला आठ खेलेको नतिजा हेर्ने हो भने उसले पाँच हार र एक जित मात्रै दर्ता गरेको छ । पछिल्लो पटक २०१९ आईपीएलको दोस्रो क्वालिफायरमा दिल्लीलाई हराउनुबाहेक चेन्नईले जारी आईपीएलमा मुम्बईलाई पाँच विकेट र पञ्जाबलाई १० विकेटले हराएको छ ।

दुबई रंगशालामा यी दुईको प्रदर्शन

बैंग्लोरले यस रंगशालामा ६ खेल खेलिसकेको छ । २०१४ मा दुबई रंगशालामा दुई खेल खेलेको बैंग्लोरले जारी प्रतियोगितामा आफ्नो चार खेल यसै रंगशालामा खेलिसकेको छ । ६ मध्ये तीनमा जित निकालेको बैंग्लोरले तीन खेलमा नै हार भोगेको छ । २०१४ मा खेलेको दुईमध्ये एक खेलमा जित निकालेको बैंग्लोरले जारी आईपीएलमा यस रंगशालामा खेलेको चारमध्ये दुई खेलमा मात्रै जित निकाल्न सफल भएको छ ।

यता चेन्नईको दुबई रंगशालामा यो खेल छैटौं हो । यसअघि नै पाँच खेल खेलिसकेको चेन्नईले जारी आईपीएलमा दुबई रंगशालामा तीन खेल खेलेको छ । तीनमध्ये एक खेलमा मात्रै जित निकाल्न सफल चेन्नई बैंग्लोरलाई हराउँदै दुबई रंगशालामा तेस्रो जित दर्ता गर्ने दाउमा हुनेछ । २०१४ मा खेलेका दुवै खेलमा जित निकाले पनि चेन्नईले यो सिजन दुबई रंगशालामा खेलेको तीनमध्ये एक खेलमा मात्रै जित निकाल्न सफल भएको हो ।

jackson ribon