birat ribon

गण्डकीमा दुईको मृत्यु, थपिए ३१ संक्रमित

Neuro
गण्डकीमा दुईको मृत्यु, थपिए ३१ संक्रमित

पोखरा, २४ असोज । गण्डकी प्रदेशमा आज ३१ जना कोरोना संक्रमित थपिएका छन् भने दुईजनाको मृत्यु भएको छ ।

Padelux insider
cura insider

मृत्यु हुनेमा स्याङ्जाको आँधीखोला–६ स्थायी ठेगाना भई हाल बुटवल बस्ने गण्डकी मेडिकल कलेज पोखरामा उपचाररत ८१ वर्षीय वृद्ध र नवलपरासी (बर्दाघाट सुस्तापूर्व) गैँडाकोट–१ का कलेज अफ मेडिकल साइन्स चितवनमा उपचाररत ३६ वर्षीय पुरुष रहेको निर्देशनालयले जनाएको छ ।

थपिने संक्रमितमा बाग्लुङका ११, कास्कीका १०, तनहुँका ६, गोरखाका तीन र तनहुँका एक जना रहेका छन् । प्रदेशमा कोरोना संक्रमित चार हजार ६४८ जना पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

jackson ribon