birat ribon

गजल

Neuro
गजल

महान त्यागी

Padelux insider
cura insider

जब ऐनाका फ्रेमहरु बिस्तारै अलगिन्छन् ।
नांगो सिसाका धारहरु हातभरि धसिन्छन् ।

विश्वास एउटा गुलेलीमा राखेको ढुंगा जस्तै हो,
सम्हाल्नु पर्छ, नसकेमा आफ्नैतिर बर्सिन्छन् ।

यादहरु र तारहरुमा के नै भिन्नता रैछ ?
जति कस्दै घटाउँछु उति धेरै तन्किन्छन् ।

अर्कैको बुई चढी कोही यस्तरी चम्किन्छ कि,
जस्तो सूर्यको प्रकाश पाई जुनहरु सजिन्छन् ।

गन्तव्य नै बिर्सेपछि यस्तो दिन आउन सक्छ,
जब नदीहरु बग्न छोडी किनारमै अल्झिन्छन् ।

jackson ribon