Rumpum Advertisement

मानसिक रोगबारे खुलेर कुरा गरौं

जब मानिसमा चिन्ता, तनाब तथा डर बढ्दै जान्छ, तब मानिस डिप्रेसनको सिकार बन्न पुग्छ ।

Neuro Revised Adv
Koshi Dashain ad
मानसिक रोगबारे खुलेर कुरा गरौंजब मानिसमा चिन्ता, तनाब तथा डर बढ्दै जान्छ, तब मानिस डिप्रेसनको सिकार बन्न पुग्छ ।
मुकेश पौडेल

मानसिक स्वास्थ्य समस्या भन्नेबित्तिक्कै पागलपन बुझ्ने गरिन्छ, जुन सरासर गलत हो । त्यसकारण पनि होला मानिसहरु मानसिक स्वास्थ्यका बारेमा खुलेर कुरा गर्न रुचाउँदैनन् । अहिले मानसिक समस्या तथा मानसिक रोग एकदम धेरै र भयावह अवस्थामा विश्वव्यापीरुपमा फैलदै गइरहेको पाउन सकिन्छ । मानसिक समस्या भन्नाले सामान्य चिन्ता, पीरबाट अलि जटिल डिप्रेसन, येंग्जाइटी तथा जटिल पागलपन जस्ता रोगहरु पर्दछन् । यस्ता किसिमका रोगहरु सामान्यदेखि भयावह अवस्थासम्मका हुन सक्छन् ।

२०१७ मा गरिएको एक अध्यनले १० जनामा १ जनालाई मानसिक रोग वा समस्या रहेको कुरा पुष्टि गरेको छ । त्यस्तै मानसिक रोग तथा समस्यासँग अन्य थुप्रै अध्यन तथा तथ्यांकहरुसमेत पाउन सकिन्छ । विशेषगरी हेर्ने हो भने थुप्रै विकसित तथा शक्तिशाली राष्ट्रहरुमा मानसिक रोग एकदम व्यापक रहेको कुरा तथ्यांकले देखाउँछ । नेपालमा पनि सामान्यदेखि कडा प्रकृतिका मानसिक रोगीहरु थुप्रै रहेको कुरा अध्ययन तथा अनुसन्धानले देखाउँछ ।

हाम्रोजस्तो विकासोन्मुख देशमा मानसिक रोग भन्नेबित्तिकै आम मानिसहरुले पागलपन भनेर बुझ्ने गर्दछन् । तर मानसिक समस्या तथा रोगअन्तर्गत सामान्यदेखि कडा प्रकृतिका रोगहरु पर्दछन् । अहिलेको अवस्थामा चिन्ता, तनाब जस्ता समस्याहरु धेरै पाउन सकिन्छ, जुन मानसिक समस्या तथा रोगको प्रारम्भिक अवस्था हो । जब मानिसमा चिन्ता, तनाब तथा डर बढ्दै जान्छ, तब मानिस डिप्रेसनको सिकार बन्न पुग्छ । र, अहिलेको अवस्थामा हेर्ने हो भने डिप्रेसन नेपालमा मात्र नभई पूरै विश्वमा नै एक प्रमुख समस्याको रुपमा रहेको छ । डिप्रेसन बिस्तारै जटिल बन्दै गयो भने मानिस पागलपनको अवस्थामा समेत पुग्न सक्छ ।

मानसिक रोग तथा समस्यामा हेर्ने हो भने यी समस्या विशेषगरी दुई प्रकारका रहेका हुन्छन् । एक किसिमको समस्यालाई न्यूरोसिस भनिन्छ, जुन सामान्य प्रकृतिको रहेको हुन्छ र यस किसिमको समस्यामा मानिसलाई आफूलाई केही समस्या छ भन्ने थाहा हुन्छ । यस अवस्थामा उक्त व्यक्तिले आफूमा रहेको समस्या पहिचान गरी उपचार गरे यसले खासै समस्या निम्त्याउँदैन । अर्को किसिमको समस्यालाई साइकोसिस भनिन्छ, जुन न्यूरोसिसको जटिल रुप हो । र, यस किसिमको रोगीमा जटिल मानसिक समस्या रहेको हुन्छ तर उक्त रोगीले आफूमा कुनै समस्या भएको स्वीकार गर्दैन । यो अवस्थामा रोगी पूर्ण पागलपनको अवस्थामा रहेको हुन्छ ।

यदि मानसिक रोग तथा समस्याहरुको प्रारम्भिक अवस्थामा नै पहिचान गर्न सके र उपचार गर्न सके यसले कुनै किसिमको समस्या उत्पन्न हुन दिँदैन । तर यस्ता किसिमका रोग तथा समस्याहरु लुकाएर बस्यो भने यसले जीवनमा धेरै नै समस्याहरु उत्पन्न गर्न सक्छ । तसर्थ यस विश्वव्यापीरुपमा रहेको मानसिक रोग तथा समस्याका बारेमा खुलेर कुरा गर्ने, समयमा नै यस्ता समस्याको पहिचान गरी उपचार गर्नसके यसबाट उत्पन्न हुनसक्ने थप जटिलताबाट बच्न सकिन्छ । त्यसकारण मानसिक रोग तथा समस्याका बारेमा खुलेर कुरा गर्ने र जनचेतना जगाउने अहिलेको विश्वव्यापी आवश्यकता हो ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ