birat ribon

दोस्रो जितको खोजीमा पञ्जाब, कोलकताको लक्ष्य चौथो जित

Neuro
दोस्रो जितको खोजीमा पञ्जाब, कोलकताको लक्ष्य चौथो जित

विराटनगर, २४ असोज । जारी आईपीएलको २४औं खेल अन्तर्गत आज शेख जायद रंगशालामा कोलकता नाइट राइडर्स र किंग्स एलेभेन पञ्जाब भिड्दैछन् ।

Padelux insider
cura insider

६ खेल खेलिसकेको पञ्जाबले एक खेलमा मात्रै जित निकालेको छ । यता, आफ्नो पाँच खेल खेलिसकेको कोलकताले भने खेलेका पाँचमध्ये तीन खेलमा जित आत्मसाथ गरेको छ ।

खराब प्रदर्शन गरिरहेको पञ्जाबले जारी आईपीएलमा मिश्रित नतिजा निकालिरहेको कोलकतासँग कस्तो प्रदर्शन गर्ने हो हामी सबैको चासोको विषय बनेको छ ।

निकै अनुभवी प्रशिक्षक अनिल कुम्बलेको प्रशिक्षणमा आईपीएल खेलिरहेको पञ्जाबलाई के एल राहुलले नेतृत्व गरिरहेका छन् । व्यक्तिगत रुपमा कप्तान राहुलले प्रदर्शन पनि प्रशंसनीय छ तर बलिङ, ब्याटिङ र फिल्डिङमा पञ्जाब चुकिरहेको छ । पञ्जाबको खेलमा ब्याटिङ चल्दा बलिङ चलिरहेको छैन र बलिङ चल्दा ब्याटिङ गतिलो हुन सकिरहेको छैन । त्यसैले आजको खेलमा लगातारको हारको शृंखलामा ब्रेक लगाउनै पर्ने दबाबमा पञ्जाब रहनेछ ।

मिश्रित नतिजा आत्मसाथ गरेको कोलकता पनि चौथो जितको खोजीमा हुनेछ । ब्रेन्डन म्याकुलमको प्रशिक्षण र दिनेश कात्र्तिकको नेतृत्वमा आईपीएल खेलिरहेको कोलकता प्रदर्शन उत्कृष्ट नभएपनि सन्तोषजनक छ ।

व्यक्तिगत रुपमा कप्तान कात्र्तिकले गतिलो प्रदर्शन गर्न नसकिरहे पनि अन्य खेलाडीले कोलकतालाई सम्हालिरहेका छन् । प्लेइङ एलेभेनमा कुन खेलाडीलाई उत्रार्ने हो भन्ने विषयमा कोलकताका कप्तान र प्रशिक्षकको तालमेल खासै मिलिरहेको देखिदैन । तर पनि आफ्ना खेल जितिरहेको कोलकतालाई पञ्जाबभन्दा दबाब केही कम हुनेछ ।

आजको खेलमा कोलकता र पञ्जाबले कस्तो प्रदर्शन गर्लान् ? खेल जित्दै महत्वपूर्ण दुई अंक कसले आफ्नो खातामा जोड्लान ? के पञ्जाबले हारको शृंखला आजको खेलबाट ब्रेक लगाउन सफल होला ? यी सबै प्रश्नको जवाफ आजको खेलले दिनेछ ।

हेड–टु–हेड

पञ्जाब र कोलकता आईपीएलमा हालसम्म २५ एकअर्काविरुद्ध २५ पटक मैदान उत्रिसकेका छन् । यी दुईबीचको हेड–टु–हेडमा कोलकता अघि छ । २५मध्ये १७ खेल कोलकताले आफ्नो पक्षमा पार्न सफल भएको छ भने पञ्जाबले कोलकताविरुद्ध आठ पटक मात्रै जित निकालेको छ ।

यी दुईले एकआपसमा खेलेका पछिल्ला ६ खेलको नतिजाले पनि कोलकतालाई बलियो स्थितीमा देखाउछ । यसअघिका तीन संस्करणको आईपीएलमा यी दुईबीच भएका ६ भेटमा कोलकताले पञ्जाबलाई चार पटक स्तब्ध बनाएको छ । २०१९ आईपीएलको दुवै भेटमा पञ्जाबलाई कोलकताले हार चखाएको थियो । पहिलो भेटमा २८ रनले विजयी भएको कोलकताले दोस्रो भेट पञ्जाबलाई सात विकेटले पराजित गरेको थियो ।

पञ्जाब र कोलकताको आईपीएलमा पछिल्ला सात खेल

पञ्जाबले जारी आईपीएलमा आफ्नो ६ खेल खेलिसकेको छ भने कोलकताले पाँच खेल मात्र खेलेको छ । एक खेल बढि खेले पनि आईपीएलमा पञ्जाबले नतिजा राम्रो छैन । पञ्जाबले खेलेका पछिल्ला सात खेलको नतिजा विश्लेषण गर्ने हो भने उसले पाँचमा हार र दुईमा मात्रै जित निकालेको छ । जारी आईपीएलको दोस्रो खेलमा बैंग्लोरलाई ९७ रनले हराउनु बाहेक पञ्जाबले पछिल्लो पटक २०१९ आईपीएलको ५५औं खेलमा चेन्नईलाई ६ विकेटले पराजित गरेको थियो । त्यसता भने पञ्जाब सफल हुन सकिरहेको छैन ।

यता, कोलकताको पछिल्ला सात खेलको नतिजा हेर्ने भने उसले चारमा जित र तीनमा हार व्यहोरेका छ । जारी आईपीएलमा तीन जित र दुई हार भोगेको कोलकताले पछिल्लो पटक आईपीएल २०१९को ५२औ खेलमा पञ्जाबलाई नै सात विकेटले हराएको थियो भने ५६औ. खेलमा मुम्बईसँग नौ विकेटले पराजित भएको थियो ।

शेख जायदमा यी दुईको प्रदर्शन

शेख जायद रंगशालामा यी दुई एक आपसमा भिड्न लागेको यो दोस्रो पटक हो । यी दुईबीच पहिलो पटक २०१४ आईपीएलमा पहिलो पटक शेख जायदमा भेट भएको थियो । उक्त खेलमा पञ्जाबले कोलकतालाई २३ रनले पराजित गरेको थियो । आज हुने खेलमा पञ्जाब सोही नतिजा दोहो¥याउदै विजयी हुन चाहन्छ ।

पञ्जाबले यो रंगशालामा हालसम्म तीन खेल खेलिसकेको छ । तीनमध्ये दुई खेलमा जित निकालेको पञ्जाब एक खेलमा पराजित भएको छ । २०२० आईपीएलमा यस रंगशालामा आफूले खेलेको मुम्बईविरुद्धको खेलमा पराजित भएको पञ्जाब कोलकतालाई स्तब्ध बनाउदै आफ्नो खातामा दुई अंक जोड्न चाहन्छ ।

कोलकताको लागि शेख जायदमा आजको खेल सातौं हो । यसअघि ६ खेल खेलिसकेको कोलकताले जारी संस्करणका तीन र २०१४ आईपीएलको तीन खेल यस रंगशालामा खेलेको थियो । ६ मध्ये चार खेलमा जित निकालेको कोलकता दुई खेलमा मात्रै पराजित भएको छ । जारी आईपीएलमा आफूले यस रंगशालामा खेलेको तीन खेलमा जित निकालेको कोलकता पञ्जाबविरुद्धको खेलमा पनि जित दर्ता गर्दै २०१४ मा यसै रंगशालामा भोगको हारको बदला लिन चाहन्छ ।

jackson ribon