birat ribon

कोराना हुँ म

Neuro
कोराना हुँ म

पूजा लम्साल

Padelux insider
cura insider

कोरोना हुँ म मदेखि भागेर जोगिन्छु नठान
अरुलाई पर्दा नाथे र आफलाई पर्दा मात्र ऐया नभन ।
कोराना हुँ म, फुर्ति लाउँदै मास्क नलगाउने सबैलाई रेकी गरेको छु
हात नधुने दुरी नमान्ने सबैलाई मैले सेकेको छु ।

कोरोना हुँ म तिमीले सोचेजस्तो सजिलो म छैन
तिमी मलाई हेपेर हेलचेक्र्याइँ गरिराख्ने अनि म चाहिँ टुलुटुलु हेरिराख्ने, अहँ यो हुँदैन ।
मलाई बेवास्ता गर्ने लोभीपापी स्वार्थीहरु सबैलाई मैले देखेको छु
पैसा मात्र हो र जीवन ? स्वास्थ्यमा खेलवाड गर्नेहरु सबैलाई मैले जानेको छु ।

उठ सबेरै, गर व्यायाम र योगा नित्य, अनि खाऊपिऊ तातो घरेलु औषधि
नहेप रोगी कसैलाई, नगर घृणा र नभन कसैलाई नजाति ।
विश्वको महामारी हुँ म, मबाट बचाउनु छ तिमीले मानव वंंशलाई
यसैले अपनाऊ उच्च सर्तकता र अँगाल मानवीय भावनालाई ।

jackson ribon