विराटनगर, २४ असोज । कोरोना संक्रमणका कारण थप दुईजनाको मृत्यु भएको छ । विराट मेडिकल कलेज र न्यूरो अस्पताल विराटनगरमा दुईजना कोरोना संक्रमित महिलको मृत्यु भएको हो ।
शनिबार विहान इटहरी उपमहानगरपालिका– ५ का क ६४ वर्षीय महिलाको विराट मेडिकल कलेजकाे आइसाेलेसनमा मृत्यु भएको हो ।
१५ असोजमा भर्ना भएकी महिलाको शनिबार विहान १०:४० बजे मृत्यु भएको विराट मेडिकल कलेज आइसोलेसन इञ्चार्ज सुनिल देवले जानकारी दिए ।
शनिबार बिहान न्यूरो अस्पतालमा पथरी शनिश्चरे नगरपालिका– ६ की ९२ वर्षीय वृद्धा महिलाको मृत्यु भएको छ ।
वृद्धा महिलालाई १८ असोजमा कोरोना संक्रमण पुष्टि भएको न्यूरो अस्पताल विराटनगरका फोकल पर्सन अजित बस्नेतले जानकारी दिए ।
शुक्रबार राति नोबेल मेडिकल कलेज विराटनगरमा विराटनगर महानगरपालिका –१२ की महिलाको मृत्यु भएको थियो । मृतकको शव व्यावस्थापनको तयारी भइरहेको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।