birat ribon

जुवा खेल्दै गरेका छ जना मोरङको बेलबारीबाट पक्राउ

Neuro
जुवा खेल्दै गरेका छ जना मोरङको बेलबारीबाट पक्राउ

विराटनगर, २४ असोज । जुवा खेल्दै गरेका छ जनालाई प्रहरीले मोरङको बेलबारी नगरपालिका–४ गर्जुराम टोलबाट पक्राउ गरेको छ ।

Padelux insider
cura insider

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले अशोक राईको घरमा जुवा खेल्दै गरेको अवस्थामा दुई लाख ५३ हजार बढी रकमसहित जुवाडेलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा धनुषा, झापा, सुनसरीदेखि मोरङसम्मका छन् ।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले धनुषाको चारनाथ गणेशमान –८ पोर्ताहाका ५० वर्षीय पर्शुराम भुजेल, झापा दमक–५ का ३२ वर्षीय धर्मेन्द्र राई, सुनसरी इटहरी–१ का ४७ वर्षीय प्रदीप तामाङ, मोरङको बेलबारी–३ का ४० वर्षीय रीत गुरुङ, बेलबारी–११ का ५६ वर्षीय सुजय गौतम र ५२ वर्षीय चन्द्र लिम्बूलाई पक्राउ गरिएको बताए ।

कौडा, तास, सवारी साधन र नगदसहित साँझ ७ बजेतिर उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा प्रतिष्ठित र आफूलाई सामाजिक अगुवा एवं राजनीतिकर्मी भनेर चिनाउने व्यक्तिहरु पनि रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुको साथबाट एक सेट कौडा, तीन बुक तास, दुई लाख ५३ हजार दुई सय ३५ रुपैयाँ नगद, को २ च २८१९ नम्बरको स्कोरपिओ गाडी, अनटेस्ट मोटरसाइकल र को २३ प १३८७ नम्बरको स्कुटर नियन्त्रणमा लिइएको खड्काले बताए । उनले पक्राउ परेकाविरुद्ध जुवा ऐन अन्तर्गत कारबाही अघि बढाउन अनुसन्धान थालिएको जानकारी दिए ।

चाडपर्व नजिकिँदै जाँदा जुवा, तास लगायत कानुनले प्रतिबन्ध लगाएका खेलहरु खेल्ने र खेलाउने क्रम बढेको छ । गैर कानुनी खेलहरु नियन्त्रणमा लिन र खेल्नेहरुलाई कारबाही गर्न प्रहरीले विशेष अप्रेशन सञ्चालन गरेको एसपी खड्काको भनाइ छ ।

jackson ribon