birat ribon

भोजपुरमा ‘आसपाल्ड’ प्रविधिबाट सडक कालोपत्रे

Neuro
भोजपुरमा ‘आसपाल्ड’ प्रविधिबाट सडक कालोपत्रे

भोजपुर २४ असोज । प्रदेश –१ सरकारको लगानीमा भोजपुर सदरमुकामदेखि टक्सार एयरपोर्टसम्मको सडक पहिलो पटक ‘आसपाल्ड’ प्रविधिबाट कालोपत्रे सुरु गरिएको छ ।

Padelux insider
cura insider

पूर्वाधार विकास कार्यालय भोजपुरको १६ करोड ९२ लाख लागतमा कालोपत्रेको काम थालिएको हो । भोजपुर प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको गृह जिल्ला हो ।

यस अघि नै कालोपत्रेको लागि आवश्यक प्रक्रिया सम्पन्न गरिएको भए पनि निरन्तरको वर्षाले काम रोकिएको थियो । मौसममा सुधार आएपछि कामको थालनी भएको हो ।

प्रदेश सरकारको महत्वपूर्ण योजना भएकोले यसको गुणस्तरमा ध्यान दिइएको पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजनराज रेड्डीले बताए । गुणस्तरमा कमी आउन नदिन जिल्ला प्रशासन कार्यालयसँगै अन्य सरोकारवालाले अनुगमन गरिरहेका छन् ।

अनुगमनका क्रममा काम मापदण्ड अनुसारको रहेको पाइएको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले बताए । प्रजिअ पुरीले भने ,‘‘ निर्माणका क्रममा आउने विभिन्न समस्या समाधानदेखि अनुगमनको पाटोमा हामीले विशेष ध्यान दिएका छौँ, हामीले हेर्दा सडकको गुणस्तर राम्रो नै छ ।’’ काम गर्ने क्रममा कुनै यन्त्र उपकरणको समस्या नआएमा तथा मौसम राम्रो भएमा यो महिनामा काम सम्पन्न गर्ने निर्माण कम्पनीले जनाएको छ ।

कालोपत्रेको काम सुरु गरेको भए पनि स्थानीय सरकार तथा सरोकारवालाले ट्रयाक्टर लगायतका ढुवानीका साधन सञ्चालनमा रोक नलगाउँदा भने काममा केही बाधा पुगेको कम्पनीको गुनासो छ ।
मार्सेली निर्माण सेवाका प्रमुख श्याम श्रेष्ठले भने ,‘‘ तोकिएको समय भन्दा अगाडि सम्पन्न गर्ने लक्ष्यसाथ काम गरेको हो, वर्षातले कालोपत्रे गर्न सकिएन तर पनि छिटै सक्ने लक्ष्य छ ।’’ रायामाझी–जगदम्बा–मार्सेली जेभीले निर्माण गरिरहेको यो सडकको लम्वाई ५ किलोमिटर रहेको छ । रासस

jackson ribon