birat ribon

ब्राजिलको शानदार सुरुआत

Neuro
ब्राजिलको शानदार सुरुआत

विराटनगर, २४ असोज । सन् २०२२ मा हुने फिफा विश्वकप छनौट खेलअन्तर्गत ब्राजिलले फराकिलो जित निकालेको छ । शनिबार बिहान भएको विश्वकपको दक्षिण अमेरिकी छनौटतर्फ ब्राजिलले बोलिभियालाई ५–० गोलले हराएको हो ।

Padelux insider
cura insider

ब्राजिलको मैदानमा भएको खेलमा घरेलु टोलीलाई जिताउन रोबर्टो फिर्मिनोले दुई गोल गर्दा मार्कुन्होस र फिलिप्पे कौटिन्होले समान एक–एक गोल गरे । ब्राजिलले एउटा आत्मघाती गोल उपहारमा पाएको थियो ।

खेलको १६औं मिनेटमा मार्कुन्होसले गोल गर्दै ब्राजिललाई सुरुआती अग्रता दिलाएका थिए । ३०औं मिनेटमा फिर्मिनोले गोल गर्दै ब्राजिलको अग्रता दोब्बर बनाए ।

४९औं मिनेटमा फिर्मनोले दोस्रो गोल गर्दै ब्राजिललाई ३–० गोलको अग्रता दिलाए । खेलको ६६औं मिनेटमा बोलिभियाका जोसे कारास्कोले आत्मघाती गोल गरेपछि ब्राजिलले ४–० गोलको अग्रता बनायो ।

७३औं मिनेटमा कौटिन्होले गोल गर्दै ब्राजिललाई ५–० गोलको फराकिलो जित दिलाए ।

जितसँगै ब्राजिलले सुखद सुरुआत गरेको छ । उसले महत्त्वपूर्ण ३ अंक जोडेको छ ।

jackson ribon