birat ribon

स्पेनमा आपतकाल घोषणा

Neuro
स्पेनमा आपतकाल घोषणा

विराटनगर, २४ असोज । स्पेनमा आपतकाल घोषणा गरिएको छ । कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्न थालेकोभन्दै स्पेन सरकारले राजधानी मड्रिडमा आपतकालीन अवस्थाको घोषणा गरेको हो ।

Padelux insider
cura insider

याये आपतकाल १५ दिन लागू हुने जनाइएको छ । अदालतले हप्ता दिनअघि लाग भएको आंशिक लकडाउन हटाएपछि आपतकालीन अवस्था लागु गर्ने अवस्थामा सरकार पुगेको हो ।

सात हजारभन्दा बढी प्रहरी परिचालन गरेर मड्रिडमा आपतकालीन अवस्था लागू गरिएको हो । स्थानीय प्रशासनले लकडाउन लागू गर्न नचाहेकै अवस्थामा केन्द्र सरकारले आपतकालको घोषणा गरेको हो । मड्रिडका अधिकारीले आपतकाल लागू गर्नु न्यायपूर्ण नरहेको बताएका छन् । महामारीको पहिलो लहरमा नियन्त्रण गर्न सफल भएको स्पेनमा अहिले महामारीको दोस्रो लहर सुरु भएको छ।

jackson ribon