birat ribon

टेम्पोमा पटका तस्करी

Neuro
टेम्पोमा पटका तस्करी

विराटनगर, २४ असोज । चाडपर्व नजिकिँदै जाँदा भारतबाट टेम्पो (अटो) मा राखेर पटकाको तस्करी हुन थालेको छ ।

Padelux insider
cura insider

विशेष गरेर प्रतिबन्धित आतसबाजी पटका तिहारमा बढी प्रयोग हुन्छ । तिहार छेका सीमा नाकामा थप कडाई हुने भएपछि अहिल्यै भारतबाट पटकाको तस्करी हुन थालेको हो ।

झापाको भद्रपुर–४ का ४२ वर्षीय ढोक्रे राजवंशी टेम्पोमा पटका ओसार्दै गर्दा पक्राउ परेका छन् । उनलाई प्रहरीले शुक्रबार साँझ ७ बजेतिर भद्रपुर–३ पैतिसलाइनबाट पक्राउ गरेको हो ।

प्रहरीले नियन्त्रणमा लिँदा उनले चलाएको मे १ ह ३४१३ नम्बरको टेम्पोभित्र ५८ बण्डल खुुर्सानी बम नामक पटका बरामद भएको छ । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता डीएसपी कवीन्द्र कार्कीले टेम्पोभित्र लुकाएर राखेको अवस्थामा पटका बरामद भएको जानकारी दिए । राजवंशीलाई वडा प्रहरी कार्यालय भद्रपुरमा राखेर थप अनुसन्धान अघि बढाइएको उनको भनाइ छ ।

jackson ribon