birat ribon

१०१ औँ नोबेल पुरस्कार डब्लुएफपीलाई

Neuro
१०१ औँ नोबेल पुरस्कार डब्लुएफपीलाई

विराटनगर, २४ असोज । भोकमरीविरुद्ध काम गरेको संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले एक सय एक औं नोबेल शान्ति पुरस्कार जितेको छ।

Padelux insider
cura insider

भोकमरी नियन्त्रणसँगै शान्ति स्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको डब्लुएफपीलाई यस वर्ष आठ लाख ७५ हजार पाउण्डको नोबेल शान्ति पुरस्कार दिइने भएको हो । यसअघि विभिन्न संस्था र व्यक्तिले एक सय पटकसम्म प्राप्त गरिसकेका छन् ।

पुरस्कार पाएको डब्लुएफपीले सम्मानबाट आफूहरु अति आभारी भएको बताएको छ । पुरस्कारका लागि मनोनित भएका एक सय सात औं संस्था र दुई सय ११ जना व्यक्तिलाईपछि पार्दै भोकमरी र शान्ति स्थापनका लागि महत्वपूर्ण भूमिका खेलेको डब्लुएफपीले पुरस्कार जितेको हो ।

डब्लुएफपीका प्रमुख डेविड बिजलेले पुरस्कार आफूहरुले पाएको घोषणा हुँदा आश्चर्यमा परेको बताएका छन्। उनले बीबीसीसँग भनेका छन्, ‘जीवनमा पहिलोपटक म अभिव्यक्तिविहीन अर्थात अवाक भएँ । समस्यामा परेका विश्वभरका मानिसहरुको हितका लागि आफूलाई अग्रपंक्तिमा राख्ने डब्लुएफपीको हरेक एकका लागि यो पुरस्कार हो र उनीहरुको कामको सम्मान हो । यसले राम्रो सन्देश प्रवाह गरेको छ । हामीले अझै धेरै गर्नु छ ।’

जर्मन चान्सलर एङ्गेला मर्केलसहितले डब्लुएफपीलाई बधाई दिएका छन्।
नोबेल शान्ति पुरस्कारका लागि मनोनयनमा परी अन्तिम सूचिमा परेकाहरुको नाम नियम अनुसार ५० वर्षसम्म सार्वजनिक गरिँदैन । खाद्य सुरक्षा शान्तिको प्रमुख आधार रहेको र डब्लुएफपीले त्यसका लागि महत्वपूर्ण काम गरेको नोबेल शान्ति पुरस्कार समितिले जनाएको छ ।

jackson ribon