birat ribon

फाउचीद्धारा ह्वाइट हाउसको आलोचना

Neuro
फाउचीद्धारा ह्वाइट हाउसको आलोचना

विराटनगर, २४ असोज । भिडभाडयुक्त कार्यक्रम कोरोना भाइरस संक्रमणको मुख्य केन्द्र रहेकोभन्दै अमेरिका वरिष्ठ भाइरसविज्ञ डा .एन्थोनी फाउचीले ह्वाइट हाउसको आलोचना गरेका छन् ।

Padelux insider
cura insider

गत सेप्टेम्बर २६ मा ह्वाइट हाउसमा भएको भिडभाडयुक्त कार्यक्रमलाई लिएर उनले अमेरिकी सरकारको आलोचना गरेका हुन् । फाउची राष्ट्रपति डोनाल्ड ट्रम्पले गठन गरेको ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सका सदस्य हुन् ।

ट्रम्पले सर्वोच्च अदालतकी न्यायाधीश रुथ बेडर गिन्सबर्गको निधन भएपछि उनको स्थानमा आफूले मनोनित गर्न चाहेको न्यायाधीशको रुपमा एमी कोनी ब्यारेटको नाम घोषणाका लागि कार्यक्रम गरेका थिए ।

सो कार्यक्रममा सहभागी भएका ट्रम्पका धेरै सहयोगी तथा सल्लाहकारसहित ह्वाइट हाउसका कर्मचारी, रिपब्लिकन सिनेटर, सरक्षा मन्त्रालयका उच्च अधिकारीहरुसहित कोरोना भाइरसबाट संक्रमित भएका छन् । ट्रम्प आफै पनि संक्रमित भएर उपचारको क्रममा छन् ।

फाउचीले ह्वाइट हाउसमा शनिबार प्रत्यक्ष भेटघाटको कार्यक्रमको तयारी गरेका छन् । ह्वाइट हाउस कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि गरिनु पर्ने आधारभूत मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने तथा नियमित परीक्षण गर्ने जस्ता कार्य गर्न अग्रसर नदेखिएको उनको भनाइ छ ।

jackson ribon