विराटनगर, २४ असोज । फिफा विश्वकप छनौटअन्तर्गत कोलम्बियाले विजयी सुरुआत गरेको छ । विश्वकपको दक्षिण अमेरिकी छनौटअन्तर्गत कोलम्बियाले भनेज्वेलालाई ३–० गोलले हराउँदै विजयी सुरुआत गरेको हो ।
कोलम्बियाको मैदानमा भएको खेलमा घरेलु टोलीलाई जिताउन लुइस फर्नान्डो मुरियल फ्रुटोले दुई गोल गरे भने डुभान जापटाले एक गोल गरे ।
कोलम्बियाले जापटाको गोलमा सुरुआती अग्रता बनाएको थियो । १६औं मिनेटमा जापटाले गोल गर्दै कोलम्बियालाई अग्रता दिलाए ।

२६औं मिनेटमा फ्रुटोले गोल गर्दै कोलम्बियाको अग्रता दोब्बर बनाए । पहिलो हाफको इन्ज्युरी समयामा फेरि फ्रुटोले गोल गर्दै कोलम्बियालाई ३–० गोलले अगाडि बढाए ।
त्यसपछि खेलमा गोल हुन नसक्दा कोलम्बियाले महत्त्वपूर्ण ३ अंक जोड्यो ।