birat ribon

राजस्थानमाथि जित निकाल्दै दिल्ली शीर्ष स्थानमा

Neuro
राजस्थानमाथि जित निकाल्दै दिल्ली शीर्ष स्थानमा

विराटनगर, २४ असोज । दिल्ली क्यापिटल्स यूएईमा जारी औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)को शीर्ष स्थानमा उक्लिएको छ । शुक्रबार राति भएको खेलमा राजस्थान रोयल्समाथि ४६ रनको जित दर्ता गर्दै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो ।

Padelux insider
cura insider

शारजाह क्रिकेट स्टेडियममा दिल्लीले दिएको १८५ रनको लक्ष्य पछ्याएको राजस्थानले १९.४ ओभरमा अलआउट हुँदै १३८ रन मात्र जोड्न सक्यो ।

राजस्थानका राहुल टेवाटियाले ३८ रन बनाउँदा याशभी जैशवालले ३४ रन जोडे । कप्तान स्टिभ स्मिथले २४ रन बनाउँदा जोस बट्लरले १३ रन जोडे ।

राजस्थानलाई सस्तैमा समेट्न दिल्लीका कागिसो राबडाले ३ विकेट लिँदा रवीचन्द्र आश्विन र मार्कुस स्टोनिसले समान २–२ विकेट लिए । अक्षर पटेल, हर्सल पटेल र एनरिच नोर्त्जेले समान १–१ विकेट झारे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभर खेल्दा ८ विकेट गुमाएर १८४ रन बनाएको थियो ।

दिल्लीका लागि शिम्रन हिटमायरले ४५ रन बनाउँदा मार्कुस स्टोइनिसले ३९ रन बनाए । यस्तै कप्तान श्रेयस आयरले २२ रन जोड्दा पृथ्वी शले १९ तथा अक्षर पटेलले १७ रन बनाए । हर्सल पटेलले १६ रन जोडे ।

राजस्थानका जोफ्रा आर्चरले ३ विकेट लिँदा राहुल टिवाटिया, एन्ड्रयु टेइ र कार्तिक त्यागीले समान १–१ विकेट लिए ।

जितसँगै दिल्ली ६ खेलबाट १० अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । राजस्थान भने ६ खेलमा ४ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

jackson ribon