विराटनगर, २४ असोज । सरकार र डा. गोविन्द केसी पक्षबीचको वार्ता भंग भएको छ । दोस्रो दिन शुक्रबार भएको वार्तामा सहमति नभएपछि डा. केसीतर्फको वार्ता टोलीले आन्दोलनका थप कार्यक्रम गर्ने चेतावनी दिएको छ ।
वार्ता टोली संयोजक डा. जीवन क्षत्रीले वार्ताबाट सरकार पछि हटेकाले शनिबारबाट आन्दोलन सुरु हुने जानकारी दिए । संयोजक ड.। क्षत्रीले शुक्रबार दिनभर सरकारी टोलीले वार्तामा बस्नै आलटाल गरेको सुनाए । ‘डा. केसीको स्वास्थ्य जोखिममा परिराखेको हुनाले गम्भीर भएर अल्टिमेटम दियौं । वार्ता नगर्ने भए प्रेस मिट गर्छौ भनेपछि वार्तामा बोलाइएको थियो’, उनले भने, ‘बिहीबार जुन खालको समझदारी एवं सम्झौता भएको थियो, त्यसबाट सरकारी टोली पछाडि फर्कियो ।’ उनले तत्काल वार्ता हुनेमा आफू आशावादी नरहेको बताए । ‘हामी जुनसुकै बेला पनि वार्तामा बस्न तयार छौं’, उनले भने ।
सरकारी वार्ता टोलीका संयोजक एवं शिक्षा मन्त्रालयका सचिव गोपीनाथ मैनालीले डा. केसी पक्षले उठाएका केही माग पूरा गर्ने म्यान्डेट आफूसँग नरहेको बताए । धेरै मागमा सहमति भने भएको उनको भनाइ छ । आजको अन्नपूर्ण पोस्टमा समाचार छ