birat ribon

एसिडको घाउमा मायाको मलम

Neuro
एसिडको घाउमा मायाको मलम

विराटनगर, २३ असोज । एसिड आक्रमणमा परेपछि कावासोती नगरपालिका–१६ हर्वासीकी वसन्ती परियारको हुलिया फेरियो। उनी आफ्नो नयाँ रूपरंग देखेर डराइन्।

Padelux insider
cura insider

पतिको मायामा कमी आउँछ कि भन्ने लाग्यो। ससाना छोराछोरीमा मानसिक असर पर्छ कि भन्ने पनि डर थियो। तर, एसिडको घाउमा उनका पति यमनारायणको मायाले मलम लगाइदिएको छ। त्यही मायाले उनको आत्मबल कमजोर हुन दिएको छैन।

‘पहिला के होला भन्ने डर थियो। आजभोलि आँट आएको छ’, वसन्तीले हँसिलो मुद्रामा भनिन्, ‘पतिको मायाले मलाई बाँच्ने आधार मिलेको छ।’ यमनारायणले पहिलेभन्दा बढी माया गर्छन् वसन्तीलाई। घरमा खाना पकाउने, सरसफाइको काम वसन्तीले गर्छिन्। घरबाहिरको काम यमनारायण गर्छन्।

तर, उनीहरु एकछिन पनि पत्नीको साथ छाड्दैनन्। यमनारायणको समय पत्नीको हेरचाहमा बितिरहेको छ। हरेक काममा साथमै हुन्छन्। पत्नीले नरमाइलो माने उनी सम्झाउँछन्। अन्यत्रको कुरा गरेर मन भुलाउँछन्। आजको अन्नपूर्ण पोस्टमा समाचार छ

jackson ribon