birat ribon

भारतबाट नेपाल प्रवेश गर्ने हवाई नाका थप्न पहल

Neuro
भारतबाट नेपाल प्रवेश गर्ने हवाई नाका थप्न पहल

विराटनगर, २४ असोज । लामो समयदेखि चर्चामा मात्र रहेको भारतबाट नेपाल प्रवेश गर्ने हवाई नाका थप्ने विषय निष्कर्षमा पु¥याउन छलफल भएको छ ।

Padelux insider
cura insider

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राबीच शुक्रबार मन्त्रालयमा भएको भेटमा भैरहवासँगै नेपालगञ्ज र महेन्द्रनगरबाट पनि उडान अनुमतिका लागि गरिएको पत्राचारलाई छिट्टै निष्कर्षमा पु¥याउने छलफल भएको हो ।
नेपाल र भारतबीच २०७५ असार २ गते नेपाललाई थप चारवटा हवाई रुट दिने विषयमा सहमतिमा औपचारिक हस्ताक्षर भएको थियो ।

सहमतिअनुसार महेन्द्रनगर, नेपालगञ्ज, जनकपुर र विराटनगरबाट समेत भारतीय आकाश हुँदै नेपाल उडान अनुमति प्रदान गरिने उल्लेख गरिएको थियो । हाल तेस्रो देशबाट नेपाल उडान गर्ने जहाजले भारतीय आकाश प्रयोग गरेर सिमरा नाका हुँदै प्रवेश गर्छन् ।

नेपालबाट भारततर्फ उडानका लागि महेन्द्रनगर, भैरहवा नाकाको प्रयोग भइरहे पनि यो एकतर्फी मात्र छ । भारततर्फबाट ती नाका हुँदै नेपाल प्रयोग प्रवेश हुनसक्ने अवस्था छैन ।

नेपालले यी चारवटै नाकामा दोहोरो उडान अनुमतिका लागि भारतसँग सहमति गरे पनि अहिलेसम्म यसले निष्कर्ष पाउन सकेको छैन । त्यसका लागि भारतलाई नेपालले पत्राचार भने गरिसकेको छ । शुक्रबारको छलफलमा सोही पत्राचारलाई चाँडो निष्कर्षमा पु¥याउने विषयमा छलफल भएको थियो । आजको गोरखापत्र दैनिकमा समाचार छ

jackson ribon