birat ribon

अदालतको सेवा प्रवाहमा संकुचन

Neuro
अदालतको सेवा प्रवाहमा संकुचन

विराटनगर, २४ असोज । कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढेसँगै उपत्यकाका अदालतमा सेवा प्रवाहमा संकुचन भएको छ ।

Padelux insider
cura insider

न्यायाधीश तथा कर्मचारीमा नै सङ्क्रमण पुष्टि भएपछि सर्वोच्च अदालत, उच्च अदालत पाटनले मुद्दाको नियमित सुनुवाइ स्थगन गरेका छन् । भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, नक्कली शैक्षिक प्रमाणपत्रका मुद्दा हेर्ने क्षेत्राधिकार पाएको विशेष अदालतले शुक्रबारदेखि लागू हुने गरी एक साताका लागि साक्षीको बकपत्र गराउने सेवा स्थगन गरेको छ ।

विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले अन्य नियमित सेवा यथावत् रहने बताए । सर्वोच्च अदालतमा एक न्यायाधीश, केही इजलास अधिकृत र कर्मचारीमा सङ्क्रमण भएपछि आइतबारदेखि सेवा प्रवाह कटौती भएको छ। सर्वोच्चमा अहिले बन्दी प्रत्यक्षीकरण, केही निवेदन र प्रतिवेदनबाहेक अन्य सम्पूर्ण नियमित पेसी स्थगन गरिएको छ ।

सङ्क्रमितको निकट सम्पर्कमा रहेका न्यायाधीशहरू आइसोलेसनमा बसेकाले अन्य इजलास बस्न सकेका छैन । अदालतमा अहिले दैनिक दुईदेखि तीन इजलास मात्र सञ्चालनमा छन् ।

उच्च अदालत पाटनमा पनि न्यायाधीश र कर्मचारीलाई सङ्क्रमण देखिएपछि नियमित सुनुवाइ प्रभावित भएका छन् । सोमबारदेखि सेवा प्रभावित भए पनि अदालतमा शुक्रबारसम्म आधार क्षमतामा इजलास सञ्चालित छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ

jackson ribon