birat ribon

विश्वमा संक्रमित संख्या तीन करोड ७० लाख नाघ्यो

Neuro
विश्वमा संक्रमित संख्या तीन करोड ७० लाख नाघ्यो

विराटनगर, २४ असोज । विश्वमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या तीन करोड ७० लाख नाघेको छ ।

Padelux insider
cura insider

२४ घण्टाभित्रमा तीन लाख ४९ हजार आठ सय नौ जना नयाँ बिरामी थपिएपछि संक्रमित संख्या तीन करोड ७० लाख ८९ हजार छ सय २६ पुगेको हो । कोरोनाका कारण विश्वमा १० लाख ७२ हजार ८७ जनाको मृत्यु भइसकेको छ । एकै दिन पाँच हजार छ सय ७७ जनाको ज्यान गयो ।

संक्रमितमध्ये दुई करोड ७८ लाख ७८ हजार ३३ जनाको उपचार सम्भव भएको छ । ८१ लाख ३९ हजार पाँच सय छ जना उपचाररत रहेकोमा ६८ हजार तीन सय जनाको स्वास्थ्य खवस्था खराब छ ।

अमेरिकामा संक्रमित संख्या ७८ लाख ९२ हजार आठ सय ८७ पुगेको छ । एकै दिन ५८ हजार नौ सय ६७ जना नयाँ बिरामी थपिए । दुई लाख १८ हजार छ सय १५ जनाको मृत्यु भइसकेको छ । २४ घण्टामा आठ सय ७७ जना संक्रमितको मृत्यु भयो ।

संक्रमितमध्ये ५० लाख ५८ हजार दुई सय ९२ जना उपचारपछि घर फर्किएका छन् । २६ लाख १५ हजार नौ सय ७८ जना उपचाररत रहेकोमा १४ हजार छ सय ६७ जनाको अवस्था गम्भीर छ ।

भारतमा संक्रमित संख्या ७० लाख नजिक पुगेको छ । एकै दिन ७३ हजार एक सय ९६ नयाँ बिरामी थपिएपछि संक्रमित संख्या ६९ लाख ७७ हजार आठ पुगेको हो । एक लाख सात हजार चार सय ५० जना संक्रमितको मृत्यु भइसकेको छ । २४ घण्टामा नौ सय २९ संक्रमितले ज्यान गुमाए ।

५९ लाख ८५ हजार पाँच सय पाँच जना उपचारपछि डिस्चार्ज भएका छन् । आठ लाख ८४ हजार ५३ जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ ।

ब्राजिलमा कोरोना संक्रमितको संख्या ५० लाख ५७ हजार एक सय ९० पुगेको छ । पछिल्लो २४ घण्टाभित्रमा २७ हजार छ सय ५१ जना नयाँ बिरामी थपिएको वाल्डो मिटरले जनाएको छ । एक लाख ४९ हजार छ सय ९२ जना संक्रमितले ज्यान गुमाइसकेका छन् । छ सय ५८ जनाको एकै दिनमा मृत्यु भयो ।

४४ लाख ३३ हजार पाँच सय ९५ जनाको उपचार सम्भव भएको छ । चार लाख ७३ हजार नौ सय तीन जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था चिन्ताजनक छ ।

jackson ribon