birat ribon

विराटनगरमा थप एक संक्रमित महिलाको मृत्यु

Neuro
विराटनगरमा थप एक संक्रमित महिलाको मृत्यु

विराटनगर, २३ असोज । विराटनगरमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । होम आइसोलेसनमा बसेकी महिलालाई थप उपचारका लागि नोबेल मेडिकल कलेज विराटनगरमा पर्याएको केही समयपछि मृत्यु भएको हो ।

Padelux insider
cura insider

विराटनगर महानगरपालिका–१२ बखरीकी ५५ वर्षीया महिलाको शुक्रबार दिउँसो मृत्यु भएको अस्पताल प्रबन्धक नारायण दाहालले जानकारी दिए । उनका अनुसार श्वासप्रश्वासमा अचानक समस्या भएपछि महिलालाई सिटी सफारीमा राखेर थप उपचारका लागि अस्पताल ल्याइएको थियो ।

आइसोलेसनमा भर्ना गर्नका लागि आकस्मिक कक्षमा पुर्याएको केही बेरमै संक्रमितको दिउँसो ४ः३० बजेतिर मृत्यु भएको दाहालले बताए ।

महिलालाई कोरोनासँग मिल्ने लक्षण देखिएपछि कोशी अस्पतालमा परीक्षण गर्दा बिहीबार पोजेटिभ रिपोर्ट आएको थियो ।

कोरोना पुष्टि भएपछि ‘होम आइसोलेसन’मै बसेकी थिइन् । अचानक स्वास्थ्यमा समस्या थपिएपछि सिटी सफारीमा आफन्तले अस्पताल ल्याएका थिए ।

मृतक महिलामा मधुमेह र बाथको समस्या रहेको दाहालले जानकारी दिए । शुक्रबार नै नोबेलमा दुईजना, कोशी अस्पतालमा एकजना र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुईजनाको मृत्यु भएको थियो ।

jackson ribon